पद र सत्ता स्वार्थले पार्टी एकता अवरुद्ध हुदैन: नारायणकाजी श्रेष्ठ «

पद र सत्ता स्वार्थले पार्टी एकता अवरुद्ध हुदैन: नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमालेसँगको पार्टी एकतामा पद र सत्ताको कुनै स्वार्थ नरहेको बताएका छन् । प्रेस सेण्टर नेपाल र प्रेस चौतारी नेपालद्वारा वीरगञ्जमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्री श्रेष्ठले पार्टीका अध्यक्षहरु नै आन्तरिमकालमा दुवैजना अध्यक्ष रहने लिखित सहमति नै भईसकेकोले पद र सत्ता स्वार्थका कारण पार्टी एकीकरणमा ढिलाई नभएको बताए ।
उनले भने, “धेरै विषयमा सहमति भइसकेका छन्, दुर्व पार्टी अलग अलग आन्दोलनबाट आएको हुँदा एकता दीर्घकालीन होस् भनेर केही विषयमा अहिले नै मन माझ्न छलफल भइरहेको छ ।” पार्टी एकता गर्ने नगर्ने फैसला गर्ने हामीले नै हो, हिनग्रन्थीको शिकार हुनुहुँदैन ।’ सत्ता वा पदीय स्वार्थका कारण पार्टी एकतामा ढिलाई भएको उनले अस्वीकार गर्दै भने, ‘सत्तामा त हामी छँदैछौं, एकता गर्नै पर्दैन ।’ पदमा पनि कुनै समस्या छैन ।’ वैचारिक, राजनीतिक र नीतिगत आधार तयार भइसकेको भन्दै उनले अब पार्टी एकता नरोकिने बताए । ‘छिटो भन्दा छिटो एकीकृत पार्टी घोषणा गर्छौ’ नेता श्रेष्ठले भने ।
पार्टी एकतामा भइरहेको ढिलाईको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणसँग कुनै साइनो सम्बन्ध नरहेको पनि उनले बताए । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भारतीय प्रधानमन्त्री मोदीलाई गरिएको नागरिक अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति उपयुक्त नभएको बताए । ‘नेपालको आन्तरिक मामलाको सन्दर्भमा हामीले छलफल गरेर र एक हदसम्म आवश्यकता पर्दाभित्रै संघर्ष र आन्दोलन नै गर्नुपर्ने पनि हुन सक्छ । त्यो आफ्नो ठाउँको कुरा हो’ उनले भने ‘तर विदेशी मुलुकको प्रधानमन्त्रीसँग गुहार गरे जस्तो गरी जुन ढंगले अभिव्यक्ति आयो त्यो दुःखद हो ।’ उनले राष्ट्रिय स्वधिनता र सामाजिक न्याय सहितको समृद्ध नेपाल बनाउनु अहिलेको सरकारको मुख्य उद्देश्य रहेको बताएका छन् । सरकारमा सहभागि हुनका लागि संघीय समाजवादी फोरम नेपालसँग लिखित सहमति नै भएको भएपनि प्राविधिक कारणले सरकारमा फोरम सहभागि नभएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्