लुम्बिनीको बिश्व शान्ति ज्योति सगरमाथा तर्फ «

लुम्बिनीको बिश्व शान्ति ज्योति सगरमाथा तर्फ

नेपाललाई विश्वमा परिचित गराउने बुद्ध जन्मस्थल लुम्बिनी र बिश्वको अग्लो शिखर सगरमाथा हुन् । अहिले लुम्बिनी र सगरमाथालाई जोड्ने प्रयास भइरहेको छ । दुबै स्थानलाई सडक, रेल या हवाईमार्गको माध्यमबाट नभई बिशुद्ध पर्यटकीय कार्यक्रमबाट जोड्ने प्रयास भएको छ । लुम्बिनी र सगरमाथा जोड्ने कार्य भने पर्यटन ब्यबसायी बिक्रम पाँडेले तिन बर्ष अघिबाट सुरू गरेका हुन् । पाँडेको संस्था एडभेन्चर स्पोर्टस नेपालले बिगत १५ बर्षदेखि प्रथम सगरमाथा आरोही तेन्जिङ्ग नोर्गे र सर एडमन्ड हिलारीको नाममा बिश्वकै सर्बोच्च स्थलमा तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन प्रतियोगित को आयोजना गर्दै आएको छन् ।
सोही म्याराथनको उद्गमस्थल सगरमाथाको आधारशिबिरमा तिन बर्षदेखि बिशेष कार्यक्रम गरी लुम्बिनीमा रहेको बिश्व शान्ति द्विपको ज्योति पुराएर म्याराथनको सुरूवात गर्ने परम्परा सुरू भए पछी लुम्बिनी र सगरमाथाको प्रबद्र्धन एकसाथ भई एकापसमा जोडिने कार्यक्रमले अहिले पनि निरन्तरता पाउन लागेको हो ।
यो बर्षको तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन मे २९मा(जेष्ठ १५ गते)परेको छ । यो अभियान यस बर्ष पनि जेष्ठ १ गते बुद्धजन्मस्थल लुम्बिनीबाट सुरू भएको हो । लुम्बिनी बिकास कोषका निमित्त सदस्य सचिब इं सरोज भट्राई तथा कोषाध्यक्ष सुरेन्द्र मुनि शाक्य भिक्षुगणले शान्ति द्विपको ज्योति किर्तिमान धारी म्याराथन धावक बैकुन्ठ मानन्धर सहितको टोलीलाई हस्तान्तरण गरेका थिए । सो क्रममा लुम्बिनीस्थित बिभिन्न स्वदेशी तथा बिदेशी बिहारका भिक्षुहरूले बुद्ध बन्दना तथा परीत्राण पाठ गरेका थिए । निमित्त सदस्य सचिब तथा कोषाध्यक्ष भटराई र शाक्यले यो कार्यक्रमले लुम्बिनी प्रबद्र्धनमा सहयोग पुग्ने बताउँदै निरन्तर आयोजना हुनुपर्नेमा जोड दिए ।
लुम्बिनीको प्रचार प्रसार संगै यहाँको पर्यटन प्रबद्र्धनका लागी तिन बर्षदेखि यो कार्यक्रम आयोजना गरीएको र निरन्तर गरीने आयोजक संस्थाका संरक्षक एबं अध्यक्ष बिक्रम पाँडेले बताए । शान्ति द्विपको ज्योति बैकुन्ठ मानन्धर सहितको टोलीले त्यहाबाट मायादेबी मन्दिर हुदै कपिलबस्तुको बिभिन्न स्थान हुदै बाणगंगा, रामग्राम, काठमाण्डौ, स्वयंभुनाथ, बौद्धनाथ र त्यसपछि सगरमाथा आधार शिबिरमा मा २७ मे (जेठ १३)मा पुराईने किर्तिमानि धावक बैकुन्ठ मानन्धरले बताए । लुम्बिनीबाट शान्तिद्धिप लैजाने क्रममा सोलुखुम्बुका बिभिन्न ग्रामिण क्षेत्रका बासिन्दाहरुले त्यहा शान्ति द्धिपको प्रतिक्षा गर्दै पुजा समेत गर्ने गरेका छन् । सबै म्याराथन धावकहरुले उपस्थितीमा सगरमाथाको आधारशिबिरमा एभरेष्ट म्याराथनमा सयौ बिदेशी धावकहरू माझ बिश्व शान्ति द्विपको ज्योति परीक्रमा हुँदा बिदेशी धावकहरूले लुम्बिनी र बुद्धको बारेमा थप जानकारी पाउने र उनिहरु फर्किए पछि प्रचार समेत गर्ने भएकाले लुम्बिनी र सगरमाथा एकसाथ जोडिन यो कार्यक्रमले मद्धत पुग्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्