पावर टिलर वितरण «

पावर टिलर वितरण

रामारोशन गाउँपालिकाले कृषिमा व्यावसायिक कृषि उत्पादनलाई प्रवद्र्धन गर्न र आत्मनिर्भर कृषि प्रणाली अवलम्बन गराउनका लागि कृषिमा प्रविधिको प्रयोगलाई अगाडि बढाएको छ ।
गाउँपालिकाले कृषिलाई आधुनिकीकरण गर्न र गाउँपालिकाका कृषकहरूलाई प्रविधिको अभ्यास गराई आधुनिक कृषि प्रणालीसँग जोड्नका लागि स्थानीय कृषकलाई पावर टिलर (हाते ट्र्याक्टर) वितरण गरिएको कृषि शाखाका प्राविधिक लोकेश खनालले बताए । प्रयास हेल्भेटासको आर्थिक सहयोगमा ढुवानीसहित २ लाखको लागतमा समूहगत कृषि गरिरहेको लामातोला कृषि फार्म लाई ट्याक्टर वितरण गरिएको उनको भनाइ छ ।
गाउँपालिकाको वडानम्बर ६ मा रहेको उक्त कृषि फर्ममा २५ जना कृषक आबद्ध भएको र ५ रोपनीमा लसुन खेती, तरकारी खेतीलगायत पशुपालनसहितको बहुउद्देश्यीय कार्यक्रम भइरहेकाले किसानहरूलाई अनुदानमा चम्फा ट्याक्टर वितरण गरिएको र थप सहुलियतका कार्यक्रम तथा कृषिमा आधुनिकीकरणका लागि पहल भइरहेको रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद भाष्करको भनाइ छ ।
किसानलाई प्रदान गरिएको चम्फा ट्याक्टरबाट किसानलाई बारी खनजोतमा छिटोछरितो र उपयोगी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्