लक्ष्मी बैंकको थप २ शाखा «

लक्ष्मी बैंकको थप २ शाखा

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबार महोत्तरीको मनरा र रामेछापको खाँडादेवी गाउँपालिकामा नयाँ शाखाहरू सञ्चालनमा ल्याएकोे छ । यी थप शाखाहरूको साथ लक्ष्मी बैंकको शाखा सञ्जाल ८२, ३ हस्पिटल सेवा काउन्टर, १ सय १ एटीएम, २ हजार ५ सयभन्दा बढी रेमिटेन्स्, ५१ शाखारहित बैंकिङ अनि ४ सयभन्दा बढी मोबाइल एजेन्टहरू पुगेको बैंकले जनाएको छ । यी शाखाहरूका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास पनि राखेको छ ।
यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्ध सहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्