ग्लोबल आईएमईको एकैदिन ७ वटा शाखा थप «

ग्लोबल आईएमईको एकैदिन ७ वटा शाखा थप

ग्लोबल आईएमई बैंकले सोमबार एकैदिन ७ स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका–७, तारापट्टि, बारा जिल्लाको फेटा नगरपालिका–७, फेटा बजार, रौतहट जिल्लाको फतुवाबिजयपुर नगरपालिका–८, बिजयपुर, सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५, पातो, डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका–३, भद्रपुर, डोटी जिल्लाको पूर्वीचौकी गाँउपालिका–४, साना गाउँ र बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–३, खोचलेकसहित ७ वटा नयाँ शाखाहरू स्थापना गरी सञ्चालनमा ल्याएको हो । थप ७ स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या १ सय २९ पुगेको छ । साथै बैंकले ०७५ वैशाख ३१ गते सोमबारदेखि नै ललितपुर जिल्लाको मंगलबजारमा एटीएम सेवासमेत थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस्