जेटटीईप्रति ट्रम्पको बोली फेरियो «

जेटटीईप्रति ट्रम्पको बोली फेरियो

वासिङटन-अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पले चीनकै ठूला मध्येको एक दुर सञ्चार कम्पनी जेटटीईलाई जोगाउन सहयोग गर्ने बताएका छन् ।
गत महिना वाणिज्य विभागले अमेरिकी कमपनीलाई जेटटीइलाई कम्पोनेन्ट बिक्रीका लागि साता वर्षको प्रतिबन्ध लगाएपछि उक्त फर्मले आफ्नो सञ्चालन रोकेको थियो ।जेटटीईले पनि इरान र उत्तर कोरियामा अवैध आपूर्ति गरेको स्वीकार गरिसकेको छ ।
जेटटीईलाई चाडैनै व्यवसायमा फर्काउनका लागि आफुले चिनियाँ राष्ट्रपति सीसँग काम गरिरहेको भन्ने व्यहोराको ट्वीट ट्रम्पले गरेका छन् । जेटटीईमाथिको प्रतिबन्धका कारण चीनमा धेरै रोजगारी जोखिममा परेको ट्रम्पले बताएका छन् ।
ट्वीटको भावले ट्रम्पमा नाटकिय परिवर्तन आएको अमेरिकी टिप्पणीकारहरुले गर्दै आएका छन् । उनले यो भन्दा पहिले लगातार चीनमाथि अमेरिकी रोजागरी चोरेको आरोप लगाउदै आएका थिए ।
यसै साता वासिङटनमा आयोजना हुने उच्च तहको व्यापार वार्ता अगाडि बेइजिङलाई यो छुट दिइएको हो । विश्वका दुई ठूला अर्थतन्त्रबीच विस्तार भएको व्यापार विवादको समाधान गर्नका लागि यसै साताको अन्त्यतिर वासिङटनमा वार्ताको आयोजना हुदैछ ।जेटटीईले ८० हजार मानिसलाई रोजगारी दिदै आएको छ । यो कम्पनीले अमेरिकासँग बृहत् व्यापार सम्झौता गर्नका लागि आग्रह गर्दै आएको छ ।
२०१७ मो मार्चमा जेटटीईले अमेरिकी नाकाबन्दीको उल्लंघन गरेको स्वीकार गरेको थियो । अमेरिकी प्रविधिलाई इरान र उत्तर कोरियामा पठाएर अमेरिकी नाकाबन्दीको उल्लंघन जेटटीईले गरेको कम्पनीले स्वीकार गरेको हो । नाकाबन्दी उल्लंघनको आरोपमा जेटटीईले १.१ अर्ब डलरको जरिवाना पनि तिरेको थियो ।
जेटटीईको उपकरणमा प्रयोग हुने कम्पोनेन्टमा कम्तीमा पनि एक चौथाई अमेरिकी कम्पनीले आपूर्ति गर्दै आएका छन् । यसमा स्मार्टफोन र दुर सञ्चार नेटवर्कको उपकरण पनि समावेश छन् ।जेटटीईले गत वर्ष झन्डै २ सय अमेरिकी कम्पनीबाट गरेको आयातमा २.३ अर्ब डलर खर्च गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्