नेपाल इन्भेस्टमेन्ट बैंकको थप ४ शाखा

नेपाल इन्भेस्टमेन्ट बैंकले दोलखा, पाँचथर, नुवाकोट र रामेछापमा गरी चारवटा शाखा तथा रसुवाको धुन्चेमा एक्स्टेन्सन काउन्टर खोलेको छ । यीसँगै अब बैंकको शाखा संख्या ७० वटा पुगेको छ भने एक्स्टेन्सन काउन्टर पाँचवटा पुगेको छ । दोलखाको बिगु गाउँपालिकास्थित सिंगटी, पाचथरको फाल्गुनन्द गाउँपालिकास्थित राँके, नुवाकोटको सूर्यगढी गाउँपालिकास्थित चोकदे तथा रामेछापको लिखू तामाकोसी गाउँपालिका धोबीबजारस्थित लिखूमा बैंकले आफ्ना क्रमशः ६७ औं, ६८ औं, ६९ औं र ७० औं शाखा विस्तार गरेको जनाएको छ ।
बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ साथै विपन्नवर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार व्यक्तिलाई ३ अर्ब ६४ करोड रुपैयाँ लगानी गर्ने नेपाल इन्भेस्टमेन्ट बैंक एक मात्र बैंक रहेको पनि दाबी गरेको छ ।
हाल प्रदेश नम्बर १ मा ९ वटा, प्रदेश नम्बर २ मा ६ वटा, प्रदेश नम्बर ३ मा ३४ वटा, प्रदेश नम्बर ४ मा ६ वटा, प्रदेश नम्बर ५ मा ७ वटा, प्रदेश नम्बर ६ मा ४ वटा र प्रदेश नम्बर ७ मा ४ वटा शाखा छ ।