नेपालको कृषिमा ‘हेफर मोडेल’ उत्कृष्ट «

नेपालको कृषिमा ‘हेफर मोडेल’ उत्कृष्ट

आधुनिक र परम्परागत कृषिबीचको मतभेद चलिरहँदा यस क्षेत्रका सरोकारवालाले ‘हेफर मोडेल’ नेपालका लागि उपलब्धीमुलक हुनेमा जोड दिएका छन् । हेफर इन्टरनेसनलले नेपालमा सञ्चालनमा गरेको कृृषि उद्यमशीलता कार्यक्रमको मोडेललाई उत्कृष्टताको नाम दिइएको हो ।
हेफरले साना किसानले गर्दै आएका कृषि कर्मलाई नै आधुनिकीकरण गर्ने उद्देश्यले काम गर्दै आएको छ । हाल गरिँदै आएको खेतीमा मल, बीउ, माटो सुधार गरी उत्पादन र उत्पादकत्व बढाउनु, गरिआइएको पशुपालनमा थप सुधार गर्दै उत्पादनको गुणस्तरीयता काम गर्ने र सो उत्पादनलाई सिधै बजार पु¥याउने मोडेलमा हेफरले काम गरेको छ । हेफर आफैले विकास गरेको यो मोडेललाई स्थानीय कृषक, व्यवसायी, स्थानीय तहका सरकारी तथा गैरसरकारी निकाय लगाएत नीति निर्मातालाले पनि सफल मानेका छन् ।
कृषिमा व्यवसायीकरण, यान्त्रीकरण, औद्योगिकीकरणको नाराले मात्र कृषि क्षेत्रले गति नलिने भन्दै विकास नहुने भन्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय (कृषि) का सचिव युवकध्वज जिसिले नेपालको सन्दर्भमा हेफरको मोडेल उत्कृष्ट रहेको बताएका छन् । “बदलिंदो सन्ददर्भमा नेपालमा कुन मोडेलको कृषि प्रणाली आवश्यक छ भन्ने बुझेरमात्र नीति तथा कार्यक्रम लागू गर्नुपर्ने बेला आएको छ,” उनी भन्छन्, “अहिलेसम्मको अभ्यास हेर्दा न त अनुदान बाँडेर मात्र विकास हुन्छ, व्यवसायीकरणको नाममा ठूला ठूला कृषि फार्म स्थापना गरेर मात्र पनि सुधार हुने देखिन्छ । हेफरले अपनाएको जस्तो सफल मोडेल नेपालमा आवश्यक छ ।”
हेफर इन्टरनेसलनको दोस्रो चरणको साना किसानहरूको पशु मूल्य श्रृंखलामा आधारित उद्यम सवलीकरण परियोजना सुरुवात गर्ने कार्यक्रममा बोल्दै उनले साना किसानमुखी कार्यक्रमलाई नै प्राथमिकतामा राखेर मन्त्रालयले कार्यक्रम तय गर्ने प्रतिवद्धता व्यक्त गरे । कृषिको बजेट ३० अर्वबाट १३ अर्वमा झारिएको भन्दै उनी सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
हेफरले गत वर्ष सकिएको पहिलो चरणको परियोजनाले लक्ष्य भन्दा बढी प्रगति हासिल गरेको जनाएको छ । कार्यक्रम संचालनमा रहेका ३१ जिल्लाका २ लाख ५० हजार कृषकको गरिवीको स्तर ७७ प्रतिशतबाट ४८ प्रतिशतमा झरेको हेफरको प्रतिवेदन छ । कार्यक्रम लक्षित क्षेत्रमा पाँच वर्षमा बाख्राको उत्पादन ८३ हजार ६ सयबाट १९६ प्रतिशतले बढेर दुई लाख ४८ हजार पुगेको छ भने दुधको उत्पादन एक लाख ३४ हजारबाट बढेर एक लाख ७२ हजार लिटर पुगेको छ । सो क्षेत्रको कृषकको वार्षिक आय १ हजार २ सय ६८ डलरबाट ७५ प्रतिशतले बढेर २ हजार २ सय ७० डलर पुगेको छ । यस अवधिमा मुलुकभर बाख्रोको आयात ३० प्रतिशले र दुधको आयात १० प्रशितले कमी भएको तथ्यांक छ ।
दोस्रो चरणको हेफरको परियाजना सुरुवातको घोषणा कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ष विष्टले हेफर मोडेलको प्रसंसा गरे । “म निर्वाचित क्षेत्रमा हेफरको कार्यक्रम छ, साना किसानलाई यसले गरेको सहयोग नजिकबाट नियालेको छु,” उनले भने, “भोकालाई एक छाक भोजन हैन, जीउने जुक्ति सिकाइदेउ भन्ने अवधारणाबाट यसले संचालन गरेका कार्यक्रम सफल छन् ।” हेफरले गरेको कार्यक्रमको आयआर्जनमा मात्र नभइ मानव पुँजीको विकास पनि हेफरले उत्कृष्ट कार्यक्रम गरेको बताउदै उनले आफ्नो क्षेत्रको मन्त्रालय नभएपछि कृषि क्षेत्रको आधुनिकरण, यान्त्रिकरणका लागि आफूले निरन्तर सरकारमा वकालत गर्ने प्रतिवद्धता व्यक्त गरे ।
हेफरले नेपालमा विभिन्न ३१ जिल्लाका साना किसान आयआर्जन वृद्धिको कार्यक्रम संचालन गरिरहेको छ । “विश्वमै खाद्यान्न आपूर्तिमा साना किसानको योगदान मात्र ५० प्रतिशत भन्दा बढी छ भने नेपाल पनि दुग्ध क्षेत्रमा ९५ प्रतिशत र खशीबोका उत्पादनमा ९७ प्रतिशत हिस्सा साना किसानको छ,” हेफरकी कार्यक्रम संयोजक निना जोशीले भनिन्, “हामी सिधै साना किसानलाई सहयोग गछौं, किसानले उत्पादन गरेको उत्पादनलाई बजारसम्म पुर्याउने च्यानल पनि बनाउँछौं ।” यसो गर्दा किसानको उत्पादन र उत्पादकत्व वृद्धि भएको र आयआर्जनको स्तर बढेको उनल बताइन् ।
हेफरको कार्यक्रमबाट लाभ लिएको सहकारी संस्थामध्ये एक मिलनसार सामाजिक उद्यमशीलता महिला सहकारीकी संचालन कमला भण्डारीले आफूहरू साना किसानको संस्था भएर पनि घरघरमा आधुनिक बाख्रा पालन गरेर आम्दानी गर्न सफल भएको कथा सुनाइन् । “५८२ सदस्यले नै घरघरमा बाख्रा पालेका छौं, उत्पादित जमुनापारी बाख्राको विक्रीको जिम्मा सहकारीले लिएको छ,” उनले भनिन् । हरेक सदस्यले कम्तिमा पाँच वटा माउ बाख्रा अनिवार्य पाल्ने गरेको र उत्पादित बाख्रोका मासिक चेकजाँच र विक्री अगाडी स्वास्थ्य परिक्षण गरिएको उनले बताइन् । बाग्लुङका मासु व्यवसायी लोकेन्द्र केसीले यस्तै महिला सहकारीले उत्पादन गरेको बाख्राको वार्षिक सम्झौता गरेर विक्री वितरण गर्ने गरकोे बताए । संस्थाले ओभरहेड खर्च कुल बजेटको ११ प्रतिशत मात्र खर्च गरेर बाँकी सबै कृषकको हितमा खर्च गर्ने गरेको हेफर इन्टरनेसनलका नेपाल प्रमुख डा. शुभनारायण महतोले बताए ।

 

प्रतिक्रिया दिनुहोस्