बसमा आगजनी

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा नपाल सरकारको कार्यशैली प्रति विरोध गर्दै आईतबार नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको दिन वीरगंजको वसपार्कमा एउटा बसमा आगजनी भएको छ । बसपार्कको उक्तरपट्टी मुख्य सडकमा रोकी राखिएको ग १ ख ३१४७ नम्बरको वीरगंज ठोरी चल्ने यात्रुवाहक वसमा शनिबार विहान आगजनी भएको हो । आगजनीमा बस जलेर पुर्ण रुपमा क्षति भएको छ । करिब १५ दिनदेखि सडक छेउमा रोकि राखिएको बस आगजनी भएको प्रहरीले जनाएको छ । २००१ मोडलको बस १५ दिनदेखि रोकि राखिएको र आज विप्लव समूहले आह्वान गरेको बन्दको दिन नै आगजनी हुनु शंकास्पद देखिएकोले गाडी धनी धोविनी गाउँपालिका आसवारीका राजेन्द्र रामसँग सम्पर्क गरेर थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिए । आगजनी कसले गरेको हो, भन्ने बारेमा प्रहरीले खोजी गरिरहेको प्रहरी नायव उपरीक्षक लिम्बुले बताए । विप्लवको आह्वानमा भएको बन्दको वीरगन्जमा आंशिक प्रभाव मात्रै परेको छ । बन्दमा वीरगन्जका बजार पसलहरु निर्वाध खुलेका थिए । विहान लामो तथा छोटो दूरीका गाडीहरु चलेपनि बसपार्कमा बसमा आगजनी भएपछि लामोदूरीका गाडीहरु भने बन्द भएको छ । मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले पनि सार्वजनिक सवारी सधानहरु निर्वाध रुपमा सवारी साधन संचालनमा रहेको जनाएको छ । तर, अन्य दिनको तुलनामा यात्रुबाहक वसहरु कम चलेको प्रहरी नायव उपरीक्षक यम अधिकारीले जानकारी दिए ।