गर्लफ्रेन्डसँगको पिछा छोडाउन ३ करोड «

गर्लफ्रेन्डसँगको पिछा छोडाउन ३ करोड

बेइजिङ-चीनमा भएको एक घटनाले जो कोहीलाई पनि अचम्ममा पारेको छ । गर्लफ्रेन्डसँग छुट्नका लागि एक ब्वाइफ्रेन्डले करिब ३ लाख डलर अथवा ३ करोड रुपैयाँ भन्दा पनि बढी दिएका छन् । तर पैसाको थुप्रो छोडेर गर्लफ्रेन्ड गएकि छन् । किनकी उनलाई यो पैसा साह्रैनै थोरै लाग्यो । चीनको हाङजोउ शहरको एक बारमा ब्वाइफ्रेन्ड आइतबार विहान सुटकेसमा पैसा लिएर पुगेका थिए । सांघाईइस्टका अनुसार कर्मचारीहरुलाई अलपत्र अवथकाकमो सुटकेस मिलेको थियो । उनीहरुले उक्त सुटकेसलाई स्टोरमा लगेका थिए । उक्त सुटकेसमा १०० युआनको बन्डल फेला परेपछि कर्मचारीहरुले प्रहरीलाई बोलाएका थिए ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार प्रहरीले जब नोट गन्न थाल्यो तब करिब २० लाख युआन फेला पार्यो कि यो सुटकेस एक आईटी कर्मचारीको थियो । उक्त व्यक्ति अघिल्लो रात बारमा दुई महिलाको साथ देखा परेको थियो । उनीहरु मध्येको एक महिला उसको गर्लफ्रेन्ड थिई । महिलासँग झगडा भएपछि उक्त व्यक्तिले सुटकेस छोडेर गएको बारका कर्मचारीहरुले बताए । केही समयपछि महिलाले पनि बारमै उक्त सुटकेस छोडेर गइन् ।
अखबारका अनुसार केटा जब फर्केर आफ्नो सुटकेस लिन आयो प्रहरीले उसलाई पक्राउ गरेको थियो । पछि केटाले आफ्नो पुरानो गर्लफ्रेन्डसँगको सम्बन्ध छुटेपछि उक्त मामिलालाई मिलाउनका लागि उक्त पैसा दिएको थियो । महिलाले १ करोड युआनको माग गरेको र यो पैसा अत्यन्त थोरै भएकाले छोडेर गएको बताइएको छ । केटीले पनि सुटकेस छोडेर गएको बताएपछि केटा फर्केर सुटकेस लिन आएको थियो ।
ग्लोबल टाइम्सले पनि आफ्नो समाचारको माध्यमबाट यो घटनाको पुष्टि गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्