Logo

साउदर्न क्रस युनिभर्सिटीद्वारा परामर्श

 पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको संख्या वृद्धिसँगै नेपाली विद्यार्थीलाई परामर्श दिन सम्बन्धित विश्वविद्यालयका प्रतिनिधि नै नेपाल आउन थालेका छन् । अध्ययनका लागि अष्ट्रेलिया जान सम्पूर्ण प्रक्रिया पूरा गरेका विद्यार्थी तथा तिनका अभिभावकहरुलाई अध्ययनका लागि अपनाउनुपर्ने सजगता, अष्ट्रेलियाको ऐन, नियम कानुन, त्यहाँको रहनसहन, बसाइलगायतका विषयमा सहज र यथार्थ जानकारी दिन युनिर्भसिटीका प्रतिनिधि नै नेपाल आएका हुन् ।
यसै क्रममा साउदर्न क्रस युनिभर्सिटीले एडुको इन्टरनेशनल ग्लोबलसँगको सहकार्यमा शनिबार काठमाडौंमा एकदिने अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरी अष्ट्रेलियाको शैक्षिक व्यवस्था र अन्य विषयमा जानकारी दिएको छ ।
कार्यक्रममा साउदर्न क्रस युनिभर्सिटीमा अध्ययनका लागि एप्लिकेशन दिएका तथा भिसासमेत आइसकेका विद्यार्थी तथा तिनका अभिभावकहरुसँग विश्वविद्यालयका प्रतिनिधिले अन्तक्र्रिया गरेका थिए । पछिल्लो समय नेपाली विद्यार्थीहरुको रोजाइमा अग्रस्थानमा रहँदै आएको र अष्ट्रेलियाका मुख्य तीन सहर सिड्नी, मेलबर्न, र पर्थमा आफ्नो सिटी क्याम्पस सञ्चालन गरिरहेको साउदर्न क्रस युनिभर्सिटीले विद्यार्थी र अभिभावकलाई परामर्श प्रदान गर्नुका साथै छलफलको आयोजना गरिएको एडुकोका दक्षिण एसियाली क्षेत्रीय निर्देशक प्रज्ञा शाहले जानकारी दिइन् ।
त्यसरी नै साउदर्न क्रस युनिभर्सिटीले नेपालबाट आफ्नो विश्वविद्यालमा विद्यार्थीहरु पठाइरहेका परामर्श दातृ संस्थाका प्रतिनिधिहरुसँग पनि छलफल र अन्तक्र्रिया गरेको छ । सो अन्तक्र्रिया कार्यक्रममा विद्यार्थीहरूले विश्वविद्यालयका बारेमा आफ्नो मनमा लागेका जिज्ञासा सोधेका थिए भने साउदर्न क्रस युनिभर्सिटी मेलबर्न क्याम्पसबाट आएकी एनी भसील तथा सिड्नी क्याम्पसबाट आएका फ्याङ्गलोङ्ग लुओले विश्वविद्यालयले प्रदान गर्ने शिक्षा, छात्रवृत्तिलगायत विषयमा विस्तृत रुपमा जानकारी गराएका थिए ।
साउदर्न क्रस युनिभर्सिटी विश्वका स्थापनाको ५० वर्षमुनिका विश्वविद्यालयहरुको ¥याङ्कमा १ सय ५० आंै स्थानमा रहेको विश्वप्रसिद्ध विश्वविद्यालय हो । अष्ट्रेलियाको गोल्डकोष्टमा मुख्य कार्यालय रहेको यस विश्वविद्यालयका अष्ट्रेलियाभरी र बाहिर गरी ६ वटा सिटी क्याम्पसहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्