कृषि र पर्यटनलाई प्राथमिकता दिन आग्रह «

कृषि र पर्यटनलाई प्राथमिकता दिन आग्रह

दाङ- जिल्लाका सरोकारवालाहरूले कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकता दिए योजना निर्माण गर्ने प्रदेश सरकारलाई सुझाव दिएका छन् । प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश योजना आयोगको आयोजनामा घोराहीमा आयोजना गरीएको प्रदेश न ५ को आवधिक योजना निर्माण र आर्थिक वर्ष २०७५-७६ को वजेट तर्जुमासम्बन्धी अन्तक्रिया।
सहभागीले योजना निर्माण गर्दा जनताले अनुभूति गर्ने र उत्पादनमुखी योजनालाई प्राथमिकता दिन आग्रह गरेका थिए । घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले प्रदेश सरकारले योजना वनाउदा जिल्लामा रहेका खोलाहरूका हाइड्याम निर्माण, चिडीया खाना निर्माणका योजनालाइ अगाडि वढाउन सुझाव दिएका थिए । उनले दाङ स्वर्गद्वारी केबलकार जोडने योजना वनाएर अगाडि बढ्न समेत आग्रह गरे । प्रमुख चौधरीले जिल्लालाई माहुरीको हबको रुपमा विकास गर्ने प्रदेश सरकारलाई सुझाव दिएका थिए । माहुरीको लागि जिल्ला उपयुक्त रहेकाले माहुरी हवको रुपमा अगाडि वढाउन सकिने उनको भनाइ छ ।
कुखुरा व्यवसायलाई अगाडि बढाउन सकिने नगरप्रमुखले बताए । पछिल्लो समय जिल्लामा कुखुरा पालन व्यवसाय विकास हुदै गएको प्रमुख चौधरीको भनाइ छ । जिल्लाका कृषि क्षेत्रको विकासका लागि कृषि विश्व विद्यालय तथा ठुला जहाज वस्न सक्ने एरपोर्ट निर्माण गर्नुपर्ने उनले बताए । घोराहीमा सवै खेल खेल्न सक्ने गरी खेलकुद मैदान निर्माणका लागि योजना अगाडि वढाउन सुझाव दिए ।
तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले प्रदेश सरकारले स्थायी रावधानी कहाँ हुने टुंगो लगाउन सुझाव दिए । अस्थायी राजधानी भइरहँदा वकासमा समेत समस्या पार्ने उनको भनाइ छ । उनले प्रदेश सरकारले पहिचान बनाउने योजना वनाएर अगाडि बढनुपर्ने बताए । उनले प्रदेशको गौरबपूर्ण आयोजना निर्माण गरी अगाडि बढाउनसमेत सुझाव दिए । उनले जिल्लामा जडिबुटी खेतीलाइ अगाडि वढन सकिने बताए । त्यसका लागि प्रदेश सरकारले योजना वनाएर अगाडि बढाउनुपर्ने बताए । आयुर्वेदिक औषधि उत्पादन तथा उपचार केन्द्र वनाएर प्रदेशको गौरवको योजनाको रुपमा अगाडि वढाउनु पर्ने प्रमुख पाण्डेको भनाइ रहेको छ । त्यसैगरेर सडक निर्माणलाइ पनि प्राथमिकता दिनु पर्ने बताए । उनले जिल्लामा अहिले अस्त व्यस्त रहेको विकासका कामहरूको वारेमा समेत ध्यान आकर्षण गराएका थिए ।
लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले अर्जुन खोलामा डयाम निर्माणलाइ प्राथमिकता दिनु पर्ने बताए । थारु होम स्टे स्थापना गर्नेका लागि प्रदेश सरकारले योजना निर्माण गरिनुपर्ने बताए । प्राविधिक विश्वविद्यालय स्थापना, खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउनका लागि प्रदेश सरकारले योजना वनाउनु पर्ने बताए ।
राजपुर गाऊपालिकाका अध्यक्ष लोकराज केसीले प्रदेश सरकारले योजना निर्माण गर्दा कृषि क्षेत्रलाइ प्राथमिकता दिएर अगाडि वढनु पर्ने बताए । कृषि क्षेत्रमा आकर्षण गर्ने कार्यक्रम ल्याउनु पर्ने बताए । नाका सम्म सडक पु¥याउनका लागि प्रदेश सरकारले प्राथमिकता दिएर योजना निर्माण गर्नु पर्ने बताए । शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जिल्लामा पानीको संरक्षण गर्नेका लागि उतरी क्षेत्रमा हाइडयाम निर्माण गर्ने योजना ल्याउन सुझाव दिए । उनले जिल्लामा सडक सञ्जाललाइ पनि प्राथमिकता दिन आग्रह गरेका थिए । ओंगलाचुली गाउँपालिका अध्यक्ष भक्तवहादुर वलीले सडक सञ्जाललाइ प्राथमिकता दिनु पर्ने बताए । त्यसैगरेर शिक्षा क्षेत्र तथा स्वास्थ्य क्षेत्रका योजनालाइ प्राथमिकता दिन सुझाव दिए । दंगीशरण गाऊपालिकाका अध्यक्ष भागीराम चौधरीले प्रदेश सरकारले सिंचाइ, खानेपानी तथा सित भण्डार निर्माण गर्ने समेत प्रदेश सरकारले प्राथमिकता दिएर अगाडि वढनु पर्ने बताए । बबइमा तटवन्ध गर्ने प्रकारका कार्यलाइ प्राथमिकता दिनु पर्ने बताए ।
तुलसी उपमहानगरपालिकाका उपप्रमुअ माया आचार्यले वाल गृह, मानसिक रोपचार अस्पताल, तथा महिलालाइ स्वरोजगार वनाउने प्रकारका कार्यक्रम ल्याउन सुझाव दिइन् । उनले प्रदेश सरकारले कानुनका वारेमा जानकारी भएका कर्मचारीको व्यवस्था गरीदिन माग गरिन् । नागरीक समाजका संयोजक चन्द्रराज पन्तले जनताले प्रत्यक्ष लाभ लिने प्रकारका योजना ल्याउन आग्रह गरे । उनले जिल्लामा कृषि क्षेत्रलाइ अगाडि वढाउन सुझाव दिए । उनले शिक्षामा रहेको विझेदको अन्तय गरीनु पर्ने समेत बताए ।
दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले कोइलावास भन्सार सञ्चालन गरीनु पर्ने बताए । यसले जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने समेत बताए । त्यसैगरेर आर्थिक क्षेत्रलाइ अगाडि वढाउनका लागि औद्योगिक क्षेत्र स्थापना गरीनु पर्ने आवस्यकता रहेको बताए ।
कार्यक्रममा मुख्यमन्त्री शकर पोख्रलले प्रदेशको समृद्धि पर्यटनमार्फत हुने बताएका थिए । उनले प्रदेश नं ५ ऐतिहासिक सम्पदा दबिएर रहेको बताए । यस क्षेत्रमा २५ सय देखि ३ हजार वर्षसम्मका पुराना ऐतिहासिक सम्पदाहरू रहेको बताए । यसको उत्खनन तथा संरक्षण गरेमा पर्यटन क्षेत्रलाइ अगाडि वढाउन महत्वपूर्ण भुमिका खेल्ने मुख्यमन्त्री पोख्रेलको भनाइ छ । उनले पर्यटन क्षेत्रको विकासका लागि पनि भौतिक पूर्वाधारको विकास हुन जरुरी रहेको समेत बताए । प्रदेश सरकारले प्रदेश नं ५ लाइ समृद्धिको वनाउने अभियानमा लागेको पोख्रेलको भनाइ छ । प्रदेश सरकार गठन भएको अढाइ महिनामा स्थानीय तहलाई आवश्यक पर्ने २ वटा महत्वपूर्ण कानुन निर्माण गरिसकेको उनले बताए ।

 अमरराज आचार्य

प्रतिक्रिया दिनुहोस्