एनसेलले आयोजना गर्यो ‘डिजिटल ज्याम’

एनसेलले आफ्ना सबै कर्मचारीहरूमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीका सेवालाई थप परिस्कृत तथा सेवाप्रवाहलाई अझप्रभावकारी बनाउने उद्देश्य लिई बिहीबार ‘डिजिटल ज्याम’ कार्यक्रम आयोजना गरेको छ ।
उक्त एक दिवसीय कार्यक्रममा एनसेलका सबै कर्मचारीले अनलाइन र अफलाइन माध्यमबाट सिक्दै डिजिटल मानसिकताको विकास र काम गर्ने नयाँ तरिकाका बारेमा परीक्षण गरे । साथै कसरी ग्राहकको आवश्यकताअनुसार नविन सेवा तथा आकर्षक ग्राहक संलग्नताका प्रयासलाई थप तदारुकताका साथ सञ्चालन गर्ने भन्ने विषयमा विभिन्न गतिविधिमा सहभागी भई डिजिटल टुल्सहरूको प्रयोग गर्दै मोबाइल एप, च्याटबट र वेबसाइटलगायतका विभिन्न सोलुसन्स्हरू बनाएका थिए ।
डिजिटल प्रतिभाको रूपान्तरणलाई अझ तदारुकताका साथ अघि बढाउने आजिआटा गु्रपको पहलअन्तर्गत एनसेलले डिजिटल ज्याम कार्यक्रमको आयोजना गरेको हो । आजिआटा गु्रपकोदक्षिण–पूर्वी एसियार दक्षिण एसियाका मुलुकहरूमा रहेका ६ वटा कम्पनी एनसेल (नेपाल), रोबी (बंगलादेश), डायलग (श्रीलंका), सेलकम (मलेसिया), स्मार्ट (क्याम्बोडिया) र एक्सएल (इन्डोनेसिया) मा एकै साथ सञ्चालन गरिएको यो कार्यक्रम एसियाकै सबैभन्दा ठूलोे कर्मचारी लक्षित अनलाइन एक्टिभेसन कार्यक्रम हो । यसमा आजिआटा गु्रपअन्तर्गतका १२ हजार कर्मचारीको सहभागिता थियो ।
“कनेक्टिभिटी र कम्युनिकेसन्स्ले यो विश्व द्रुतगतिमा परिवर्तन भइरहेको छ र दूरसञ्चार क्षेत्रका लागि नयाँतरिका अवलम्बन गर्दै ग्राहकसँग निरन्तर आबद्ध रहनु, नयाँ सोलुसन्स्को विकास गर्नु र नवीन सोचाइका साथ सेवाहरूको सिर्जना गर्दै ग्राहकको जीवन सुधार्न सिक्नु बाहेक अरू कुनै विकल्प छैन,” आजियाटा गु्रपका अध्यक्ष तथा प्रमुखकार्यकारी अधिकृत तानश्री जमालुद्दिन इब्राहिमले भने ।
आजियाटाले आफ्ना कर्मचारीहरूको डिजिटल प्रतिभा विकासका अभ्यासलाई तदारुकताका साथ अघि बढाउन आउँदो ३ वर्षमा ६० लाख अमेरिकी डलर लगानी गर्ने प्रतिबद्घता जनाएको छ । यसअन्तर्गत आजियाटाले आफ्ना सबै तहका कर्मचारीहरूको प्रतिभामा निखार ल्याउन र महत्वपूर्ण डिजिटल विकास एवं तिनीहरूको क्षमता अभिवृृद्घिमा लगानी गर्नेछ ।
देशको विभिन्न भागमा फोरजी तथा थ्रीजी सेवाको तीव्र विस्तार गरिरहेको समयमा एनसेलले डिजिटल ज्याम कार्यक्रमको आयोजना गरेको हो । “डिजिटल नेपाल निर्माणको यात्रामा अगाडि बढी रहँदा आफ्ना ग्राहकलाई अझ सार्थक रूपमा सेवा प्रदान गर्न र उनीहरूसँग आबद्घ रहन हामीले डिजिटाइजेसन अंगीकार गर्दै एक साझालयमा काम गर्न आवश्यक छ ।
एसियाकै एक अग्रणी दूरसञ्चार समूहका रूपमा रहेको आजियाटाले सन् २०२१ सम्ममा नयाँ पुस्ताको डिजिटल च्याम्पियनका रूपमा रुरूपान्तरित हुने दीर्घकालीन लक्ष्य लिएको छ ।