आईएमई जनरल इन्स्योरेन्स र बीएन्डबी अस्पतालबीच सम्झौता «

आईएमई जनरल इन्स्योरेन्स र बीएन्डबी अस्पतालबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र बीएन्डबी अस्पतालबीच आफ्ना ग्राहकहरूलाई नगदरहित हस्पिटलाइजेसन सेवा प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकहरूलाई बिमालेखको सीमासम्म बीएन्डबी अस्पातालबाट नगदरहित हस्पिटलाइजेसन सेवा प्राप्त हुनेछ भन्दै कम्पनीले यस सम्झौताले ग्राहकहरूको स्वास्थ सेवामा सहज पहुँचलाई सुनिश्चित गर्ने जनाएको छ ।
यस इन्स्योरेन्सले बैंक तथा वित्तीय संस्थाहरू, व्यापारिक प्रतिष्ठानहरू, उद्योगी तथा व्यापारीलगायत सम्पूर्ण ग्राहक महानुभावहरूसँग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बिमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्ने प्रतिबद्धतासहित आफ्ना कार्यहरू विस्तार गर्दै जानेछ । उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बीएन्डबी अस्पतालका तर्फबाट उपनिर्देशक डा. निरज लाल वैद्यले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्