हर्कपुरमा श्रीइन्भेस्टमेन्टको ८ औं शाखा «

हर्कपुरमा श्रीइन्भेस्टमेन्टको ८ औं शाखा

श्रीइन्भेस्टमेन्ट एन्ड फाइनान्स लिमिटेडले गैंडाकोट नपा–११, हर्कपुर(नवलपर)मा शाखा विस्तार गरी वित्तीय सेवा सुरु गरेको छ । सोही स्थानमा सञ्चालन हुदै आइरहेको फाइनान्सको एक्स्टेन्सन काउन्टरलाई आठौं शाखाको रूपमा स्थापना गरेको हो । बिहीबार एक औपचारिक कार्यक्रमकाबीच शाखाको समुद्घाटन गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले गर्दै शाखा विस्तार पछि यस क्षेत्रका सेवाग्राहीले थप सेवा सुविधा पाउने जनाए ।
सो क्रममा फाइनान्स कम्पनीका नायव कार्यकारी प्रमुख खिमबहादुर कार्कीले फाइनान्सको यो शाखाबाट सबै किसिमका वित्तीय सेवा उपलब्ध हुने बताए । केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा रहेको यस फाइनान्सको हाल विराटनगर, हर्कपुर, रजहर, कावासोती डण्डा, भैरहवा, तौलिहवा तथा ओदारी, कपिलवस्तुमा गरी ८ वटा शाखा सञ्चालनमा रहेका छन् भने छिट्टै देशका विभिन्न पाँच स्थानमा शाखा विस्तारको क्रममा रहेको फाइनान्सका अर्का नायव कार्यकारी प्रमुख अनिल जोशीले बताए । हर्कपुरमा स्थापित शाखाले स्थानीय जनतालाई वित्तीय सेवा लिन अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको प्रहरी नायव उपरिक्षक गगन श्रेष्ठले बताए । हाल कम्पनीको चुक्ता पुँजी ६३ करोड २१ लाख,, निक्षेप ३ अर्ब ४३ करोड तथा कर्जा लगानी ३ अर्ब ३० करोड छ ।

प्रतिक्रिया दिनुहोस्