ब्रिटिस ग्रुप अन्तर–संसदीय संघद्वारा द ब्रिटिस कलेजको अवलोकन «

ब्रिटिस ग्रुप अन्तर–संसदीय संघद्वारा द ब्रिटिस कलेजको अवलोकन

ब्रिटिस ग्रुपअन्तर–संसदीय संघ (बीजीआईपीयू) का प्रतिष्ठित ९ सदस्यले थापाथलीस्थित ब्रिटिस कलेजको अवलोकन गरेका छन् । ब्रिटिस कलेजका संस्थापक तथा सीईओ राज कँडेलले स्वागत मन्तव्य राख्दै आफ्नो जीवनमा ब्रिटिस शिक्षाले ल्याएको परिवर्तनबारे जानकारी गराएका थिए । सो शिक्षाले आफूलाई एकबिजनेस लिडर बनाएको र नेपाल भूमिप्रति यसको सम्बन्ध स्थापित गराउन मदत गरेको उनले बताए । “यी अनुभवहरूले पनि गुणस्तर अंग्रेजी शिक्षा नेपालमा ल्याउन उद्येलित ग¥यो जसका कारण काठमाडौंमा ब्रिटिस कलेज स्थापना गर्यौं,” उनले भने ।

दुई देशको सम्बन्ध थप मजबुत बनाउन धेरै आशावादी कामहरू गर्न बाँकी रहेको समेत उनले बताए । ब्रिटिस कलेजका प्रिन्सिपल जोन ब्याटम्यान ब्रिटिस कलेजले शैक्षिक र व्यक्तिगत सामाजिक विकास लागि उद्देश्य रहेको बताएका छन् । सो कलेजमा हाल १ हजार ८ सय जना स्थानीय र ५२ जना अन्तर्राष्ट्रिय विद्यार्थीहरू ब्रिटिस कलेजमा अध्ययन गरिरहेको सो अवसरमा जानकारी दिइयो ।
त्यस्तै बेलायती सांसद निगेल इभान्सले कार्यक्रमलाई सम्बोधन गर्दै स्टाफ र विद्यार्थीहरूलाई ब्रिटिस आर्मीमा रहेर सेवा गरिरहेका ३ हजार गोर्खाहरूको प्रशंसा गरेका थिए । उनले ब्रिटिस शिक्षा विश्वमै उत्कृष्ट रहेको समेत जनाउँदै गुणस्तरीय शिक्षाका सबैका लागि हुनुपर्ने बताए । ब्रिटिस ग्रुपअन्तर–संसदीय संघ राष्ट्रिय संसदीय संस्थाहरूको विश्वव्यापी संस्था हो जसले लोकतान्त्रिक शासन, संस्थाहरू र मूल्यमान्यताहरूलाई बढावा दिने लक्ष्य राख्छ । साथै यसले परामर्श र संसदका साथकाम गरी मानिसहरूको आवश्यकता र आशयको समाधानगर्न यसले अग्रसरता देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्