सुनको मूल्य प्रतिऔंस ५ हजार डलर ! «

सुनको मूल्य प्रतिऔंस ५ हजार डलर !

सस्तो पैसाको लामो अवधि र लगानीकर्ताको ध्यान सुनतर्फ गएकाले आगामी पाँच वर्षमा सुनको मूल्य प्रतिऔंस ५ हजार डलरसम्म पुग्न सक्ने म्याकइवेन माइनिङका सिईओ रब म्याकइवेनले बताए । हाल सुनको मूल्य प्रतिऔंस १ हजार २ सय ८० डलरको हाराहारीमा छ । केही विश्लेषकले यो बहुमूल्य धातुको मूल्य ओरालो लाग्न सक्ने बताएका छन् । हाल सुनको मूल्य ब्रेक्जिट र अमेरिकी राष्ट्रपतीय चुनावका बेलाको भन्दा धेरै तल छ ।
तर अन्यले भूराजनीतिक तनाव र विश्वव्यापी रूपमा देखिएको अनिश्चितताले सुनको मूल्य बढ्न सक्ने बताएका छन् । सिटी ग्रुपका विश्लेषकले हालै सार्वजनिक गरेको प्रतिवेदनले अनिश्चित समय भएकाले सुनको मूल्य बढ्न सक्ने बताएका छन् । सुनको मागमा वृद्धि भएर आगामी २०२० सम्ममा प्रतिऔंस १ हजार ४ सय डलर कायम हुन सक्ने उनीहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्