यी हुनेछन् प्रविधि क्षेत्रका ‘ब्रेकथ्रु’ «

यी हुनेछन् प्रविधि क्षेत्रका ‘ब्रेकथ्रु’

पहिलो पटक अनुसन्धानकर्ताहरूले कुनै बहुकोषीय प्रणालीको कुनै कोषजस्ता (स्टेम सेल)बाट भ्रुणको निर्माण गरेका छन् । यो भ्रुणको निर्माण कुनै अण्डा वा विर्य कोषको मद्दतबिना नै निर्माण गरिन्छ । यो नयाँ विधिले जीवन कसरी अस्तित्वमा आयो, त्यसको बुझाइबारे नयाँ सम्भावनाहरूलाई खुलाउँछ ।
अनुवांशिक तत्वहरूको आधारमा व्यक्तिलाई कुन रोग लाग्ने सम्भावना कति छ , त्यसबारे पूर्व जानकारी उपलब्ध गराउन व्यापक अध्ययन भइरहेको छ । यस क्षेत्रका खेलाडीहरूमा हेलिक्स, २३ एन्ड मी, माइरियड जेनेटिक्स, बीके बायोबैंक र ब्रोड इन्स्टिच्युट रहेका छन् । यिनीहरूले अनुवांशिक आँकडा (डेटा)को व्याख्या गरी यस प्रकारको पूर्वानुमान गर्न सक्नेछन् । यो अर्को क्वान्टम प्रविधिको छलाङले स्वास्थ्य क्षेत्रको संरक्षणको प्रतिबद्धता पूरा गर्न सक्नेछ ।

हरेक वर्षको सुरूवातमा विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ–नयाँ उत्पादनहरूको बारेमा चर्चा र बहस भइरहेको हुन्छ । यो वर्ष अर्थात् सन् २०१८ को सुरुवातको एक त्रैमास नयाँ चर्चामै बितेको छ ।
विश्वमा अहिले सबैभन्दा केन्द्रीय चासो र चर्चाको विषय हो प्रविधि । विज्ञान र प्रविधि क्षेत्रमा यो वर्ष के कस्ता नयाँ ब्रेकथ्रु देखिएलान् त ? यो जनचासोको जिज्ञासा मेट्ने प्रयास पनि विभिन्न अनुसन्धान संस्था र सञ्चारमाध्यमले गरिरहेका छन् ।
विभिन्न अनुसन्धान र सर्वेक्षण कम्पनीहरूले आ–आफ्ना जानकारी सार्वजनिक गर्दै आएका हुन्छन् । यस क्षेत्रको नविनतम आविष्कारको विश्लेषण गर्नेमध्येमा एमआईटी टेक्नोलोजी रिभ्यु अग्रणि मानिँदै आएको छ । जसरी विश्वका मुख्य विषयमा फोब्र्सले सार्वजनिक गर्ने गरेको छ, त्यसैगरी एमआइटी मिडिया रिभ्युले पनि सन् २०१८ मा अतिविकसित वैज्ञानिक एवं प्रविधिहरूको प्रयोगबाट मानिसको जीवनलाई नाटकीय रूपमा परिवर्तन गराउने गरी आउन लागेका १० महत्वपूर्ण विषयलाई विश्लेषण गरेको छ ।
अहिले विश्वभर बहसको केन्द्र नै एआई बनेको छ । एआईको स्वास्थ्य, शिक्षा, व्यापार, उत्पादन र मेसिनरी क्षेत्रलगाएत सबैतिर प्रयोगका लागि अनुसन्धान भइहरेका छन् । एआईमा कुन मुलुकले कति लगानी गर्दैछ भन्ने विषय आजका मिडियाका प्रखुम खबर पनि हुन् । फोब्र्सलगाएतका विश्वका दर्जनौं चर्चित मिडियाले पनि यसैको आधारमा थप सामग्री तयार पारेका छन् । यो वर्ष र अबका दिनमा विश्वमा विकसित तथा प्रसार हुने प्रविधि जसले मानव समुदायलाई प्रत्यक्ष प्रभाव पार्छ, लाई यहाँ चर्चा गरिएको छ ।

थ्रीडी मेटल प्रिन्टिङ
विगत केही वर्षदेखि थ्रीडी प्लास्टिक प्रिन्टिङको प्रयोग भइरहेको छ । यस क्षेत्रको एडभान्स टेक्नोलोजी भनेको धातु (मेटल फ्याब्रिकेसन) थ्रीडी प्रिन्टिङ छिट्टै यथार्थ बन्न गइरहेको हो । यसले विश्वका सम्भावनाहरूलाई स्पष्ट रूपले खुला गर्छ । थ्रीडी मेटल प्रिन्टिङले उत्पादनकर्ताहरूलाई मेटल पार्टस्को उत्पादन आमरूपमा उपलब्ध गराउने क्षमता प्रदान गर्छ । यो एउटा वा ठूलो संख्यामा आएको अर्डरलाई पूरा गराउन सहजता उपलब्ध गराउँछ । यसले ग्राहकको आवश्यकता बमोजिम आपूर्ति गर्न सक्नेछ । यसका अतिरिक्त यसले जुनसुकै आकारमा उत्पादन तयार गर्न सक्छ । यो कार्य अन्य कुनै विधिबाट सम्भव छैन । यसको अर्थ यो हलुका वा गह्रुगो दुवैखाले कार्यका लागि उपयोगी हुन्छ ।

आर्टिफिसियल इम्ब्रोज
पहिलो पटक अनुसन्धानकर्ताहरूले कुनै बहुकोषिय प्रणालीको कुनै कोषजस्ता (स्टेम सेल)बाट भ्रुणको निर्माण गरेका छन् । यो भ्रुणको निर्माण कुनै अण्डा वा विर्य कोषको मद्दतबिना नै निर्माण गरिन्छ । यो नयाँ विधिले जीवन कसरी अस्तित्वमा आयो, त्यसको बुझाइबारे नयाँ सम्भावनाहरूलाई खुलाउँछ । तर यसले केही धार्मिक नैतिक एवं दार्शनिक समस्यालाई उभ्याउने स्पष्ट छ । यो विधिबाट जीवनको विकास कसरी भयो भन्ने मात्रै जानकारी गराउने होइन । यसबाट बिना कुनै अण्डा वा विर्यको प्रयोगबिना जीवन निर्माण गर्न सकिने सम्भावनालाई विस्तार गर्छ । यसको अर्थ अनुसन्धानकर्ताहरूले प्रयोगशालामा जीवन उत्पादन गर्न सक्नेछ । अहिले सम्मको प्राकृतिक प्रजनन् विधिलाई यसले विस्थापित गराउन सक्नेछ ।

सेन्सिङ सिटी
टोरन्टोको वाटरफ्रन्ट जिल्लामा गुगलको माउ कम्पनी अल्फाबेटले सेन्सरहरूको प्रयोग गरिरहेको छ । यसले सहरहरू कसरी निर्माण हुन्छ भन्ने विषयको विश्लेषणात्मक व्याख्या गरिरहेको छ । उनीहरूले स्मार्ट सिटीको निर्माण सहज, जीवन बाँच्न सकिने र वातावरणीय दृष्टिकोणले दीगो हुनेगरी कसरी गर्न सकिने विषयमा अध्ययन गरिरहेका छन् । यो अध्ययनले मूर्तरूप लिन अझ केही वर्ष कुर्नपर्ने देखिन्छ । त्यसपछि स्मार्ट सिटी सफा र सुरक्षित हुनेछन् ।

क्लाउड बेस्ड एआई सर्भिर्सेज
अमेजन, गुगल, आईबीएम र माइक्रोसफ्ट जस्ता विश्वका ठूला टेक कम्पनीहरू सबै मेसिन लर्निङ र आर्टिफिसियल न्युरल नेटवर्क टेक्नोलोजीको विकास र विस्तारलाई द्रुतगतिले बढाइरहेका छन् । उनीहरूले यसलाई सहज र सुपथ मूल्यमा उपयोग गर्न सकिने बाटोमा ध्यान केन्द्रित गरिरहेका छन् । एआई जस्ता विषयलाई क्लाउडमा उपयोग गर्न सकिनु भनेको एडभान्स्ड मेसिन लर्निङ विधि हो । यसको पहुँच व्यापक हुन्छ । विभिन्न किसिमको व्यवसायमा यसको पहुँच हुन्छ । यसले उत्पादनको क्षेत्रदेखि लिएर आवाससम्बन्धी सबै क्षेत्रलाई परिवर्तन गर्न सक्नेछ । यसका लागि एआई प्रविधिको विकास सस्तो र सहज मूल्यमा उपलब्ध गराउनुपर्ने आवश्यकतामा उनीहरूको जोड दिएका छन् ।

डुएलिङ न्यूरल नेटवक्र्स
यो विधिमा एआई सिस्टमलाई कल्पनाशीलता (इमेजिनेसेन)सँग जोडिनेछ । गुगल ब्रेन, डिप माइन्ड र नभिडियाले यो सिस्टमलाई सक्षम बनाउन लागिपरेको छन् । यो सिस्टम पनि गज्जवको छ । यो सिस्टमले अति यथार्थीय विषय (अल्ट्रा रियलिस्टिक) विषयलाई निर्माण गर्नेछ । यो प्रविधिमा आधारित भएर कम्प्युटरले छवि वा ध्वनिलाई उत्पादन गर्न सक्छ । डुएलिङ न्युरल नेटवर्कले एआईलाई विकास गरी उसले नदेखेका छवि (इमेज)हरूलाई निर्माण गर्न लगाउन सक्षम बनाउँछ । यो भनेको यसले एआईलाई कल्पनाशीलताको संवेदना (सेन्स अफ इमेजिनेसन दिने छ । यसले डिजिटल टुलको प्रयोग गरी धोखाधडी र ठगीलाई बढावा दिन सक्ने सम्भावनाबारे अनुसन्धानकर्ताहरू सजग हुनुपर्ने देखिन्छ । यद्यपि साइबर क्राइम नियन्त्रणमा पनि थुप्रै अनुसन्धान भइरहेका छन् ।

बाबेल फिस इयरबड्स
निकट भविष्यको कुनै समयमा फरक भाषा भाषीबीचको अनुवाद कार्य पूरा गरी संवाद गराउन यो बाबेल फिस इयरबड्स सक्षम हुनेछ । गुगलको पिक्सेल बड्स यसको उदाहरण हो । यो इयरफोनले भाषाभाषीबीच प्राकृतिक रूपमा बोलीचाली गराउन सहज बनाउँछ । यद्यपि यो उपभोक्ताबीच आइसकेको छैन । यो विषयमा थप काम भइरहेको भए पनि यो पूर्णता पाउन अझ केही समय लाग्ने देखिएको छ । यसै प्रविधि अन्तर्गतको प्रारम्भिक विकास गुगलको भोइस एक्टिभेटेड ट्रान्सलेसन सर्भिसेज कम्प्युटर र मोबाइल डिभाइसहरूमा प्रयोग भएको पाइन्छ ।

जीरो कार्बन न्याचुरल ग्यास
बलिरहेको प्राकृतिक ग्यासबाट निस्किरहेको कार्बनलाई संकलन गर्ने विधिको विकास नयाँ इन्जिनियरिङले गर्दैछन् । यसबाट हरितगृह उत्सर्जनलाई रोक्नेछ । अनि यसले सर्फा उर्जाको सिर्जना गर्न सक्ने सम्भावनाहरूलाई खुलाउनेछ । हाल अमेरिकामा ३२ प्रतिशत विद्युत् प्राकृतिक ग्यास बालेर उत्पादन गरिन्छ । यो विधिबाट ऊर्जा क्षेत्रबाट कार्बनको उत्सर्जन ३० प्रतिशत हुने गरेको आँकडा छ ।

पर्फेक्टिङ अनलाइन प्राइभेसी
यो अनलाइन कारोबारका क्रममा हुने गुप्त जानकारीलाई संरक्षण गर्न सक्षम हुनेछ । यो ब्लकचेन बेस्ट प्राइभेसी सिस्टमले डिजिटल कारोबारका क्रममा हुने गोप्य सूचनाको आदानप्रदानलाई संरक्षित गर्नेछ । यसबाट अनलाइन धोकाधडी र ठगीको बढ्दो खतरालाई हटाउनेछ ।

जेनेटिक फर्चुन टेलिङ
अनुवांशिक तत्वहरूको आधारमा व्यक्तिलाई कुन रोग लाग्ने सम्भावना कति छ , त्यसबारे पूर्व जानकारी उपलब्ध गराउन व्यापक अध्ययन भइरहेको छ । यस क्षेत्रका खेलाडीहरूमा हेलिक्स, २३ एन्ड मी, माइरियड जेनेटिक्स, बीके बायोबैंक र ब्रोड इन्स्टिच्युट रहेका छन् । यिनीहरूले अनुवांशिक आँकडा (डेटा)को व्याख्या गरी यस प्रकारको पूर्वानुमान गर्न सक्नेछन् । यो अर्को क्वान्टम प्रविधिको छलाङले स्वास्थ्य क्षेत्रको संरक्षणको प्रतिबद्धता पूरा गर्न सक्नेछ । तर यसबाट अनुवांशिक विभेदलगायत जोखिमबारे ध्यान दिनुपर्ने हुन्छ । यो विधिको प्रयोग गरी व्यक्ति कति स्मार्ट वा औसत प्रतिभा मुनिका हुनेबारे पूर्वानुमान गर्न सक्छन् ।

म्याटेरियल्स क्वान्टम लीप
क्युबिट क्वान्टम कम्प्युटरको डिजाइन आइबीएमका अनुसन्धानकर्ताहरूले गरेका छन् । उनीहरूले क्वान्टम कम्प्युटिङ विधिबाट एक साधारण अणुकण (मोलिक्युल)लाई पूर्णरूपमा अप्राकृतिक रूपमा निर्माण गर्न सकेका छन् । सलाई सिमुलेसनको रूपमा बुझिन्छ । क्वान्टम कम्प्युटिङको माध्यमले ब्ररियलम हाइड्राइडलाई सर्वाधिक ठूलो निर्माण गर्न सकेका छन् ।
यसबाट अनुसन्धानकर्ताहरूले नयाँ किसिमको वस्तुको डिजाइन गर्न क्वान्टम कम्प्युटरको प्रयोग गर्न सक्छन् । जसमा त्यस वस्तुको गुणधर्मलाई राख्न सक्छन् । यसबाट सोलर सेल, ब्याट्रीका उत्प्रेरक र सफा इन्धनको विकास गर्न सक्छन् । प्रोटिनलाई अझ बढी प्रभावकारी औषधिको रूपमा विकास गर्न सक्नेछन् । यस्ता विषयमा एमआइटी टेक्नोलोजीले आफ्नो पूर्ण समीक्षा प्रतिवेदनमा उल्लेख गरेको छ । जसले अगामी दिनमा एडभान्स टेक्नोलोजीको रूपमा आकार ग्रहण गर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्