बन्ने हो ‘मिस्टर नेपाल’ ?

मिस्टर नेपाल सन् २०१८ को आवेदन खुलेको छ ।
मिस नेपाल झैं चर्चा नभएता पनि नेपालमा करिब करिब बर्सेनि मिस्टर नेपाल प्रतियोगिता पनि हँुदै आइरहेको छ । सन् २००१ देखि सुरु भएको मिस्टर नेपाल प्रतियोगिताबीचका केही वर्ष हुन नसके पनि २०१० देखि फेरि निरन्तर हँुदै आइरहेको छ । यस पटकको मिस्टर नेपाल २०१८ का लागि आवेदन खुलेको एक्पोज नेपाल डट कमले मंगलबार होटल अन्नपूर्ण, काठमाडौंमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
नारीको सुन्दरताको चर्र्चामात्रै गर्ने बानी परेको पुरुष प्रधान समाजमा पुरुषहरूको सौन्दर्यलगायत ब्यक्तित्वको प्रदर्शन गर्ने प्रतियोगिता मिस्टर नेपाल सन् २०१८ को आवेदन खुला गरेको जानकारी एक्पोज नेपालले दिएको छ । आयोजकका अनुसार सन् २००१ देखि सुरु भएको यो प्रतियोगिता सन् २००७ देखि सन् २०१० सम्म स्थगित भएको थियो । तर, त्यसपछि निरन्तर भइरहेको यो प्रतियोगिताले सन् २०१८ को लागि देशभरिका मुख्य सहरबाट युवाहरूलाई छनोट गरेर ल्याउने आयोजकले बताए ।
असारको पहिलो सातादेखि काठमाडौं, धरानलगायतका प्रमुख सहरमा अडिसन सुरु हुनेछ । अडिसनमा सहभागी हुने प्रतियोगिताले एक्पोज नेपालको कार्यालय अथवा वेबसाइटबाट फारम प्राप्त गर्न सक्नेछन्, आयोजककले बताए, उचाइ ५ फिट १० इन्च भएका प्रतियोगिले प्रतियोगितामा भाग लिन १ हजार रुपैयाँको फारम भर्नु पर्दछ ।
मिस्टर नेपालका विजेताले सन् २०१६ बाट ‘मिस्टर वल्र्डमा पनि सहभागिता जनाउँदै आएका छन् । सन् २०१६ का मिस्टर वल्र्ड गणेश अग्रवाल ४६ देशका प्रतियोगीको बिचमा टप २० सम्म पुगेका थिए । गत साल अर्थात् सन् २०१७ मा मिस्टर नेपालको उपाधि जितेका अक्षय जंग रायमाझी हाल मिस्टर वल्र्डको तयारीमा छन् ।
आयोजकका अनुसार यस वर्ष मिस्टर नेपालको ४ विधामा विजेता घोषणा गरिने छ । मिस्टर नेपालको विजेताले मिस्टर वल्र्डमा प्रतिनिधित्व गर्नेछ भने पहिलो रनअरअपले मिस्टर यूनिभर्स, दोस्रोले म्यान अफ द इयर र तेस्रो रनअरअपले नेश्सनल युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछ, आयोजकले बताए । साथै, विजेताले सुजुकीको इन्टुडर मोटरसाइकलका साथसाथै विभिन्न उपहारहरु प्राप्त गर्नेछन् ।