Logo

अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा खप्तडमा

नेपाल साहित्य तथा संस्कृति प्रतिस्ठानको संयोजकमा हुन लागेको खप्तडमा लाग्ने गंगादशहरा मेलाको पूर्वसन्ध्यामा हुन लागेका खप्तड अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन वैशाख २८ गते गोदावरी धाम कुम्भमेला क्षेत्रबाट सुरु हुने भएको छ ।
प्रदेश ७ को प्रसिद्ध धार्मिकस्थल खप्तडमा हुने अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।
यस्तै वैशाख २९ गते खप्तडका विभिन्न प्रवेशद्वारबाट अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा हुने नेपाली साहित्य तथा संस्कृति प्रतिस्ठानका अध्यक्ष पदमराज जोशीले बताए ।
उनले जेठ १ गते खप्तड त्रिवेणी महास्नान गर्ने सोमबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी गराए । हिन्दूहरुको विश्व प्रसिद्ध तीर्थस्थल कैलाश पर्वत मानसरोवरको दक्षिणी काखमा नेपाली भूमिमा अवस्थित र पुराणामा खेचर पर्वतका नामले वर्णित देवभूमिको केन्द्र विन्दु खप्तड जडिबुटीको समृद्ध भण्डारका रूपमा चिनिन्छ । प्रदेश ७ को ४ जिल्ला बाजुरा, बझाङ, अछाम र डोटीको सिमानामा अवस्थित खप्तड एक पवित्र धार्मिकस्थल हो ।
पदयात्रामा नेपाल भारतका विभिन्न क्षेत्रबाट धर्मगुरु आचार्य, साहित्यकार, पत्रकार, कविको साथै विभिन्न मठ तथा पीठका सन्तमहन्तहरुको सहभागिता रहने छ । खप्तडमा लाग्ने गंगा दशहरा मेला यस वर्ष जेष्ठ १० गते परेको छ । यसैको अघिल्लो रात खप्तडमा मेला लाग्ने गरेको छ । मेलामा बाजुरा, अछाम, बझाङ र डोटीका विभिन्न कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमसमेत हुनेछ । खप्तडको महत्व विश्वभर फैलाउने उद्देश्यका साथ पहिलो पटक निजी संस्थाको पहलमा पदयात्रा हुन लागेको खप्तड राष्ट्रिय निकुञ्ज मध्यवती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । उनले मध्यवती क्षेत्र व्यस्थापन समितिले गंगा दशहराको अवसरमा ३ दिने धार्मिक महोत्सवसमेत आयोजा गरिने जानकारी गराए । निकुञ्जभित्र नेपाली सेनाको सहयोगमा बस्ने तथा उपचारको समेत व्यवस्था गरिने उनले जानकारी दिए ।
हिमेश विक

प्रतिक्रिया दिनुहोस्