सामसङ ग्यालेक्सी एस नाइन र एस नाइन प्लस सीईएसमा सार्वजनिक हुने

विश्वकै नम्बर एक स्मार्टफोन निर्माता कम्पनी सामसङले ग्यालेक्सी एस सिरिजका नयाँ फ्ल्यागशीप फोन एस नाइन र एस नाइन प्लस सार्वजनिक गर्ने तयारी गरिरहेको छ । टेक साइटहरूमा आएका समाचारअनुसार कम्पनीले आगामी जनवरीको दोस्रो सातामा अमेरिकाको लस भेगासमा आयोजना हुने कन्जुमर इलेक्सट्रोनिक्स सो (सीईएस) २०१८ को अवसर पारेर दुवै मोडल सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले ग्यालेक्सी एस नाइन र एस नाइन प्लस निर्माण गरिरहेको जानकारी यसअघि नै समाचारमा आइसकेका छन् । सामसङले आधिकारिक रूपमा फोन सार्वजनिक गर्ने योजना भने मार्च महिनाका लागि बनाउँदै गरेको जनाइएको छ । कम्पनीको योजनाअघि नै सीईएस २०१८ मा सार्वजनिक गर्ने अनुमान गरिएको हो । गत वर्षको सीइएसमा पनि सामसुङको उपस्थिति सामान्यमात्र भएकाले यो वर्ष पनि कम्पनीले फोन सार्वजनिक गर्ने नगर्ने भन्ने स्पष्ट नभएको बहस पनि टेक साइटहरूमा चलिरहेको छ ।
सन् २०१८ मा कोरियन कम्पनीले कुनै नयाँ क्रान्तिकारी डिजाइनमा फोन नल्याउने अनुमान गरिएको छ । तर, कम्पनीले यसको स्पेशिफिकेसनमा भने ग्यालेक्सी एस एट र एस एट प्लसको भन्दा निकै ठूलो परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ । यद्यपि सामसङको ग्यालेक्सी एस नाइन र एस नाइन प्लसमा दुबै फोन एस एट र एस एट प्लसकै विकसित रूप हुनेछन् । नयाँ आउने फोनमा ग्यालेक्सी एस एट र एस एट प्लसकै आकारमा आउने छ ।
सामसङको ठूलो स्क्रीन भएको ग्यालेक्सी एस नाइन प्लसमा भने ड्यूल रियर क्यामरा सेटअप हुन सक्नेछ भने एस नाइनको भन्दा अधिक ¥याम क्षमता हुने बताइएको छ । सम्भवतः ग्यालेक्सी एस नाइनमा ४ जीबी ¥याम हुनेछ भने एस नाइन प्लसमा ६ जीबीको ¥याम हुनेछ । यसका साथै सामसङले यो पटक फिंगरप्रिन्टको समस्या पनि समाधान हुनेछ भने एस नाइनको संस्करण एकेजी ब्राण्डेड स्टेरियो स्पीकरका साथमा आउनेछ । नयाँ ह्याण्डसेटहरूमा १० नानोमिटरको चीपसेट प्रयोग गरिने र आन्तरिक स्टोरेज ६४ जीबी हुने सम्भावना छ ।