बजाजको टेष्टड्राइभ मेला बिर्तामोडमा «

बजाजको टेष्टड्राइभ मेला बिर्तामोडमा

 बजाज थ्री ह्विलर्स बजाज आरईको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले झापाको बिर्तामोडमा बजाज आरई महा टेष्ट ड्राइभ मेला सम्पन्न गरेको छ । बजाज आरइको बारेमा जानकारी दिने र सवारीधनीहरुलाई टेष्ट ड्राइभ र मनोरञ्जन दिने उद्देश्यका मेला सम्पन्न गरेको कम्पनीले जनाएको छ ।
उक्त अवसरमा कलाकारहरुले तीन दिन बजाज आरइको विषयमा जानकारी दिने उद्देश्यले सडक नाटकहरु प्रस्तुत गरेका थिए । वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीहरुलाई देश भित्रै रोजगारीको अवसर सिर्जनागरी आर्थिक रुपमा सम्पन्न बनाउन बजाज आरइ महा टेष्ट ड्राइभ मेला आयोजना गरेको कम्पनीले जनाएको छ ।
बजाज आरइमा गरिएको लगानीले पहिलो दिन देखि नै आम्दानी गर्न सकिने हुँदा यसको मूख्य नारा नै ‘एउटा यस्तो लगानी जसले गर्दछ सुरुको दिन देखि नै आम्दानी’ भन्ने रहेको कम्पनीले जनाएको छ । राष्ट्रिय एवं स्थानीय कलाकारहरुको गीत र नृत्य रहेको उक्त मेलामा ३ हजारको सहभागिता रहेको थियो । मेलामा ६०० भन्दा बढी टेस्ट राइड प्रदान गरिएको थियोे र बजाज आरइ बुकिंग भएको थियो । यो मेलामा ५ वटा लक्कि ड्र गरिएको थियो । त्यसैगरी सांगितिक कार्यक्रम, फुड स्टलको व्यवस्था, ट्राफिक नियमको बारेमा सर्वसाधारणलाई जानकारी दिने काम पनि भएको थियो । झापाको आधिकारिक बिक्रेता हलेशी ट्रेड लिंकको सहयोगमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्