Logo

नोबेल क्वीज मेनियाको फाइनल आइतबार

एक्रेटिभ मिडियाले निर्माण गर्दै आएको लोकप्रिय हाजिरीजवाफ प्रतियोगिताको एसियाली संस्करण नोबेल क्वीज मेनिया ६ को ग्रान्ड फिनालेको प्रसारण मिति तय भएको छ । फाइनल प्रतियोगिता वैशाख ३० गते, आइतबार बेलुकी ९ बजे कान्तिपुर एचडी टेलिभिजन मार्फत प्रसारण हुनेछ । आयोजकले विभिन्न एसियाली राष्ट्रहरुका १९ समूहहरुको कडा प्रतिस्पर्धाबाट उत्कृष्ट सावित भएकामध्येबाट ३ समूहबीच हुने फाइनलमा भारतबाट बिरला विद्या निकेतन, नेपालबाट सीसीआरसी कलेज र बंगलादेशबाट नोट्रे ड्याम कलेज एकआपसमा प्रतिस्पर्धा गर्ने जनाए ।
नोबेल क्वीज मेनिया ६ को एसियाली संस्करणमा विजयी हुने समूहलाई पुरस्कार स्वरुप ५ लाख रुपैंया प्रदान गरिनेछ भने प्रथम तथा द्धितीय उपविजेताले क्रमशः ३ लाख रुपैंया तथा १ लाख ५० हजार रुपैंया प्राप्त गर्नेछन् । गत वर्ष कार्यक्रमको दक्षिण एसियाली संस्करण पूरा गरिसकेको र यस वर्ष एसियाली स्तरको प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको एक्रेटिभ मिडियाका प्रमुख कार्यकारी अधिकृत तथा क्वीज मेनियाका निर्माता हरि पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्