ग्लोबल आईएमई र लाइफ इन्सुरेन्सबीच सम्झौता

ग्लोबल आईएमई बैंक र लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालबीच मंगलबार बैकासुरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाहरु मार्फत लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालको जीवन बिमा बिमालेख खरिद गर्नुका साथै जीवन बिमासम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेका छन् ।