एप्पलले जुलाईमा सस्तो आईफोन ल्याउने

एप्पलले आगामी जुलाईमा सस्तो आईफोन बजारमा ल्याउने गर्ने तयारी गरिरहेको छ । नयाँ आईफोन एसई–२ को मूल्य ४५० डलरको हाराहारीमा पर्ने र यो फोन उदीयमान बजारमा बिक्री गरिने स्रोत उल्लेख नगरिकन चीनको इकोनोमिक डेली न्यूजले जनाएको छ ।
रिपोर्टका अनुसार आईफोन एसई–२ ले हालको आईफोन एसईलाई विस्थापित गर्नेछ । यो फोन सानो डिस्प्ले चाहनेहरूका लागि र कम महँगो आईफोन हुनेछ । यो विशेषगरी एप्पलको प्रिमियम संयन्त्रमा खर्च गर्न नसक्ने उदीयमान बजारका उपभोक्ताका लागि ल्याउन लागिएको हो ।
आईफोन एसईमा ४ इन्चको स्क्रीन हुनेछ । यो आईफोन सेभेन र आईफोन एटको ४.७ इन्चको डिस्प्लेको दाजोमा ठूलो अन्तरले सानो हुने छ । हालको मोडलको मूल्य ३४९ डलर र २०० डलरको हुनेछ । यो मूल्य एप्पलको सबैभन्दा कम मूल्य पर्ने आईफोन सेभेनको तुलनामा सस्तो हो । आईफोन एसई–२ को मूल्य ४५० डलर पर्छ । यो हालको मूल्य भन्दा धेरै महँगो हो । तर आईफोन सेभेनको तुलनामा कम महँगो दैनिक पत्रिकाले जनाएको छ ।
यो फोन सम्भवतः बढी सक्तिशाली प्रोसेसर भएको हुनेछ । यो एप्पलको नयाँ आईओएस–११ अपरेटिङ सिस्टममा चल्नेछ । अन्तराष्ट्रिय सञ्चारमाध्यममा आएको कतिपय समाचारमा नयाँ आइफोन सम्भवतः डिउल सीम लाग्ने हुने अनुमान गरिएको छ । यद्यपी यो विषयमा एप्पलले तत्काल कुनै टिप्पणी गरेको छैन ।