समृद्धिको मार्गचित्र सभामुख र अध्यक्षलाई «

समृद्धिको मार्गचित्र सभामुख र अध्यक्षलाई

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले भन्नु भएको छ आर्थिक समृद्धिको लागि विद्यमान कानुनमा समेत समसामयिक सुधार आवश्यक भएकोले यस तर्फ सरकारसँग आफुले पनिपहलगर्ने धारणा व्यक्त गरेका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा बुधबार गएको परिसंघको प्रतिनिधि मण्डलले परिसंघ—प्रवुद्ध परिषदको समेत संलग्नतामा परिसंघले तयार गरेको आर्थिक समृद्धिको मार्ग चित्रएवं आवश्यक कानूनी सुधार सम्बन्धी प्रकाशनको प्रसंसा गर्दै उनले मार्गचित्र सम्बन्धी दृष्टिकोणसहित कानून सुधारका क्रममा परिसंघले राम्रो थालनी गरेकोले यसप्रकारको प्रयासको लागि परिसंघलाई धन्यवाद समेत दिए ।
मार्गचित्रको थालनी कुन विन्दुबाट प्रारम्भ गर्ने अन्यौल नै भएको वर्तमान वस्तुस्थितिमा सरकारलाई परिसंघको यस पहलले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे समेत उपस्थित भएको उक्त बैठकमा परिसंघका अध्यक्षले सभामुख र उपसभामुखलाई मार्गचित्र सहितको दस्तावेज दिदै निजी क्षेत्रको तर्फबाट परिसंघले तयार गरेको यो दस्तावेज स्वयम् पूर्ण होइन तापनि विकासको सोच सहित विविधपक्ष समेटेर तयार भएको यस मार्गचित्रमा थप खुल्ला छलफल होस जसबाट सरकारलाई आर्थिक विकासकाएजेण्डा तयार गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
परिसंघको प्रतिनिधि मण्डलले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्ष शशिकला दाहाललाई पनि भेट गरी परिसंघको तर्फबाट उक्त मार्गचित्र सहितको कानुनी सुधार सम्बन्धी दस्तावेज पेश गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्