श्री एयरको हेलिकप्टर स्याङबोचे विमानस्थलमा दुर्घटना «

श्री एयरको हेलिकप्टर स्याङबोचे विमानस्थलमा दुर्घटना

श्री एयरको एमआई १७ हेलिकप्टर सोलुखुम्बुको स्याङबोचे विमानस्थलमा दुर्घटना भएको छ । बुधबार विहान रन वे बाट चिप्लिएर हेलिकप्टर दुर्घटनामा परेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणमा प्रवक्ता विरेन्द्र श्रेष्ठका अनुसार फाप्लुबाट कार्गो लगेको हेलिकप्टर दुर्घटनामा परेको हो । मंगलबार राति हिउँ परेकाले खराब मौसमका कारण हेलिकप्टर रन वे बाट चिप्लिएको हो । दुर्घटनामा मानविय क्षती भने नभएको र प्राविधिक टोली दुर्घटनास्थल तर्फ लागेको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्