साल्पासिलिछोमा नेपाल बंगलादेश बैंकको शाखा «

साल्पासिलिछोमा नेपाल बंगलादेश बैंकको शाखा

नेपाल बंगलादेश बैंकले ५७ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मंगबलारबाट भोजपुर जिल्लाको साल्पासिलिछोमा नयाँ शाखाको औपचारिक कारोबार शुभारम्भ गरेको जनाएको छ । उक्त कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक दिपक कार्कीले गरे । शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्