Logo

युगान्डामा नेपालीको परिवारलाई २३ लाख क्षतिपूर्ति

युगान्डामा मृत्यु भएका नेपाली पोस्टबहादुर बुढाथोकीका परिवारलाई एनआरएनए युगान्डाको पहलमा निज कार्यरत कम्पनी कामुली सुगर लिमिटेडबाट क्षतिपूर्ति र बिमाबापत २३ लाख रुपैयाँ भराइएको छ ।
एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भण्डारीका अनुसार गत वर्ष मृत्यु भएका बुढाथोकीको आमा इन्द्रमाया बुढाथोकीको खातामा ५ हजार ४ सय ५० अमेरिकन डलर र छोरी अन्जली बुढाथोकीको नाममा १६ हजार ९ सय ५० अमेरिकन डलर बैंकबाट पठाइएको छ । संघका पूर्वअध्यक्ष रमेश कँडेलका अनुसार छोरी बालिक हुन्जेल मुद्दती खातामा उनको रकम रहने व्यवस्था गरिएको छ भने त्यसको ब्याजबाट प्राप्त हुने रकम उनको शिक्षा र पालन पोषणका लागि आमालाई खर्च गर्न दिइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्