कोकाकोलाको १३२ बर्षे रिफ्रेसमेन्ट यात्रा «

कोकाकोलाको १३२ बर्षे रिफ्रेसमेन्ट यात्रा

कोकाकोलाले आफ्नो स्थापनाको १३२ बर्ष पूरा गरेको छ । सन् १८८६ मे ८ मा स्थापना भएको यो कम्पनीले स्थापनाको १ सय ३२ वर्ष पूरा गरेको हो । यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले यो स्वादिस्ट पेय पदार्थको उत्पादन सुरु गरेका हुन् ।
करोडौं मानिसहरुको प्रिय पेय पदार्थ आज आफैमा रिफ्रेसमेन्ट, इन्जोइमेन्ट र सेलिब्रेसनको पर्यायवाची भइसकेको छ । कम्पनीका अनुसार कोकाकोलाको स्वाद आफैंमा युनिक छ र यसले आफ्ना विश्वभरिका उपोभोक्ताहरुलाई उनीहरुले खोजे जस्तै र मन पराए जस्तै स्वाद दिदैं आएको छ । डा. पेम्बरर्टनका पार्टनर र बुक फ्रान्क एम.रोबिन्सनले यो पेय पदार्थको नाम कोकाकोला राखेका थिए । उनले नै यसको डिजाईन र ट्रेडमार्क दर्ता गरेका हुन् । जुन अहिलेसम्म प्रयोगमा आइरहेको छ ।
बोर्टलर्स नेपालका प्रबन्ध निर्देशक पुनित वास्र्नेका अनुसार कोकाकोलाको १३२ औं वार्षिकोत्सवमा कमपनी आफना ग्राहकसँग उनीहरुको प्रिय ब्रान्डप्रतिको उनीहरुको स्नेह मनाउँदै छ । नेपालले ४ दशकदेखि माया गरिरहेको यो पेय पदार्थ हाल विश्वका २ सय भन्दा बढी देशहरुमा कोकाकोलाको उत्पादन हुने गरेको छ । नेपालमा पनि कोकाकोला सन् १९७९ मे ८ मा स्थापना भएको हो । अहिले नेपालमा कोकाकोलाको २ वटा प्लान्टहरु संचालनमा रहेका छन् । एउटा उपत्यकाको बालाजु औद्योगिक क्षेत्रमा छ भने अर्को चितवनको भरतपुरमा रहेको छ ।
कोकाकोला कम्पनीका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले सबै संस्कृति, जिवनशैली तथा पृष्ठभुमिका उपभोक्ताले कोकाकोला ब्राण्डलाई निकै नै माया दिएको बताउँदै उपभोक्ताको चाहानालाई पुरा गर्ने प्रतिबद्धता रहेको धारणा व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्