Logo

विद्यार्थीका लागि लन्डन विश्वकै उत्कृष्ट सहर

लन्डन-विश्वविद्यालयलका विद्यार्थीका लागि बेलायती सहर लन्डन विश्वकै उत्कृष्ट भएको छ । क्यूएस उच्च शिक्षा तथ्यांक विश्लेणका अनुसार यो भन्दा पहिले यो स्थानमा मन्ट्रियल र पेरिस रहेका थिए ।
सहरमा भएका उत्कृष्ट विश्वविद्यालयहरुको संख्या, स्थानिय रोजगार बजार, संस्कृतीको विविधता र जीवनको गुणस्तर लगायतका तत्वहरुको आधारमा यो रेटिङ गरिएको हो ।तर खर्च गर्न सक्ने क्षमताका आधारमा भने लन्डनको स्थान धेरै तल परेको छ । यस किसिमको सूची क्यूएस उच्च शिक्षा समूहले वार्षिक रुपमा वल्र्ड युनिभर्सिटी -याङकिङको नाममा प्रकासित गर्दै आएको छ ।
विद्यार्थीका लागि लन्डनमा अन्य कुनै पनि सहरको तुलनामा विश्व स्तरका संस्थाहरु रहदै आएका छन् ।
यसमा इम्पेरियल कलेज, युनिभर्सिटी कलेज लन्डन, लन्डन स्कुल अफ इकोनोमिक्स र किङक लगायतका कलेजहरु पनि समावेश छन् ।विद्यार्थीहरुको लागि संग्राहलयको सांस्कृतिक जीवन, थियटर, सिनेमा र रेष्टुरामाथि पनि पहुँच रहदै आएको छ ।
रोजगारदाता र रोजगारी प्राप्त गर्ने मानिसबीचको सम्पर्कका लागि पनि यो राम्रो थलोको रुपमा रहदै आएको छ ।
विलकुल अन्तर्राष्ट्रिय सहर हुनका लागि आवश्यक पर्ने तत्वमा पनि लन्डनले उच्च रेटिङ पाएको छ । याहाँ सहनशीलता र विविधताका लागि पनि राम्रो अवस्था कायम रहदै आएको छ । यसैका कारण विदेशका विद्यार्थीले आफूलाई एक्लिएको र समावेश नगारिएको अवस्थाको महसुस गर्नुपर्ने देखिदैन ।
तर बसोबास र खर्च गर्न सक्ने क्षमताका आधारमा भने लन्डन खराब सहरमा परेको छ । यो सहर विद्यार्थीको बजेटका लगि महँगो र कठिन रहदै आएको छ ।दोस्रो र तेस्रो स्थानमा टोकियो र मेलवर्न परेका छन् ।
यसपछि क्रमशः मन्ट्रियल, पेरिस, म्यूनिख, बर्लिन, जुरिच, सिड्नी र सोल क्रमिक आधारमा दसौ स्थानसम्म परेका छन् ।
त्यसपछिका स्थानमा भियना, हङकङ, टोरन्टो, बोस्टन, सिंगापुर, इडिनबर्ग, भ्यानकुभर, न्यूयोर्क, क्योटो–ओसाका–कोबे रहेका छन् ।यसपछिका स्थानमा ताइपेइ, क्यानबेरा, अकल्यान्ड, म्यानचेस्टर, ब्यूनर्स आयर्स, बेइजिङ, आम्सटर्डम, मस्को, सांघाई र प्राग रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्