कैलाश विकास बैंकको शाखा सिरहाको बेल्हामा

कैलाश विकास बैंकले सिराहा जिल्लाको बेल्हामा ४९ औं शाखा स्थापना गरेको छ । सोमवार शाखाको उद्घाटन कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलले गरेका छन् । नयाँ शाखासहित बैंकको शाखा संख्या ४९ र एटीएम संख्या २२ पुगेको बैंकले जनाएको छ । बैंकले निकट भविष्यमा पर्सा जिल्लाको वीरगञ्ज, मनाङको धारापानी तथा अन्य विभिन्न ठाउँहरुमा शाखा सञ्चालन गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । राष्ट्रियस्तरको यस विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड, निक्षेप २० अर्ब १४ करोड र कर्जा १८ अर्ब ६६ करोड रहेको जनाएको छ ।