Logo

एनसीसी बैंकको शाखा नयाँबजारमा

एनसीसी बैंकले काठमाडौंको नयाँबजारमा शाखा खोलेको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले सोमबार शाखाको उद्घाटन गरे । रेग्मीले एनसीसी बैंकले यस क्षेत्रमा शाखा खोलेर यस क्षेत्रको उद्योगी, व्यवसायी एवं बचतकर्ताहरुलाई समेत आधुनिक बैकिङ सेवा प्रदान गर्ने कुरामा आफु विश्वस्त रहेको बताए । साथै बैंकको समग्र अवस्था बारे जानकारी गराउँदै नेपाल राष्ट्र बैंकको नीति निर्देशन पालना गरी अगाडि बढन सुझाव दिए ।
एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले आमन्त्रित सबैलाई स्वागत गर्दै अन्य स्थानमा जस्तै यस क्षेत्रमा पनि बैंकले गुणस्तरीय सेवा प्रदान गर्ने कुरामा आश्वस्त हुन सबैलाई अनुरोध गरे भने एनसीसी बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले कार्यक्रमको अध्यक्षता गर्दै बैंकले मर्जर पश्चातका विभिन्न कुरा व्यवस्थापन गरी शाखा विस्तारमा लागेको र यस शाखाबाट पनि आधुनिक बैकिङ सेवा प्रदान गर्न व्यवस्थापन सक्षम रहेकोले आफू आश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्