अलैंचीसम्बन्धी अन्तक्र्रिया सम्पन्न «

अलैंचीसम्बन्धी अन्तक्र्रिया सम्पन्न

नेपालमा अलैंची क्षेत्र विकासमा नीतिगत प्रस्तावबारे सरोकारवालाबीच वृहत अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । ग्रामिण विकास केन्द्र आरडिसीले सोमबार खाँदबारीमा गरेको अन्तक्र्रियामा जिल्लाका ५० भन्दा बढी कृषक र सरोकारवाला सहभागी थिए । कार्यक्रममा अलैंचीको नीतिगत व्यवस्थाको स्रोत व्यक्ति मविन घलेले प्रस्तावपत्र प्रस्तुत गरेका थिए । संखुवासभाको आर्थिक समृद्धिको प्रमुख आधार अलैंचीको बिकासका लागि आईएलओको सहयोगमा ग्रामिण विकास केन्द्रले अलैंचीको नीतिगत बहस र पैरबी कार्यक्रम सञ्चालन गर्दै आएको छ । अन्तक्र्रियामा अलैंची कृषकले सरोकारवाला निकायका जिम्मेवार व्यक्ति समक्ष सरकारले आफूहरूलाई उपेक्षा गरेको आरोप लगाएका थिए । उनीहरूले सिँचाइ, रोग किरा नियन्त्रण, कृषकको क्षमता अभिवृद्धि र सहुलियत कृषि ऋण, बजारीकरणका लागि आफूहरूलाई सरकारले कुनै वास्ता नगरेको गुनासो पोखेका थिए । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले संखुवासभाको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको अलैंचीको बजारीकरणमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्