पर्यटनमा अब्बल दोलखा

नेपालको समय निर्माण गर्ने ठाउँ गौरीशंकर हिमाल हो, जुन ३ नं. प्रदेश अन्र्तगत दोलखा जिल्ला
मा पर्छ । गौरीशंकर गाउँपालिका वडा नं. ९ मा रहेका यो हिमाल ३ नं. प्रदेशकै उच्च स्थानमध्ये पर्छ । यो धार्मिक तथा दृश्यावलोकनका दृष्टिले समेत गौरीशंकर महत्वपूर्ण छ ।
नेपालमा धेरै विदेशीहरू हिमाल हेर्नकै लागि आउँछन् । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ओर्लनेवित्तिकै पूर्वतर्फ फर्कदै हिमालहरू देख्न सकिन्छ । काठमाडौंबाट नगरकोट र धुलीखेलमा त प्रष्ट रुपमा हिमालहरू हेर्नकै लागि धेरै पर्यटकहरू पुग्ने गरेका छन् । ति देखिने हिमालहरू गौरीशंकर सहितका हिमालहरू हुन् ।
पर्यटन
पर्यटन भन्नेबित्तिकै एक ठाउँबाट अर्को ठाउँमा पुग्नु घुम्नु हो । भ्रमण गर्ने घुम्ने भन्ने वित्तिकै कोही पनि विना काममा कुनै पनि ठाउँमा पुग्दैन । त्यहाँ पुग्नका लागि त्यहाँ अलमलीने विशेष केही काम वा आकर्षक चिज हुनै पर्छ । मानिसहरू कुनै विषयमा अध्ययन, अनुसन्धान, मनोरञ्जन, सभा सम्मेलन आदिका लागि विशेष गरी पर्यटन गर्ने गरेका छन् ।
पर्यटनका लागि मानिसहरू नयाँ ठाउँ र आनन्दले समय बिताउने ठाउँको खोजीमा हिँडिरहेका छन् । एक ठाउँबाट अर्को ठाउँमा पुग्ने वित्तिकै जो कोहीले नयाँ कुरा र वस्तुको प्राप्ती गछर्, त्यहाँ पुगेर वस्तु वा सेवा प्राप्त गर्नका लागि केही न केही खर्च गर्छन् । जसले जहाँ खर्च गरे तापनि खर्चिने ठाउँले धेर थोर आम्दनी गरेकै हुन्छ ।
पर्यटन उद्योगको विकासको माध्यमबाट रोजगारीको श्रृजना हुन्छ भने अर्को तर्फ विदेशी मुद्राको आम्दानी हुन्छ, जसले सम्पूर्ण आर्थिक विकासमा टेवा पु¥याउँछ । यसका अतिरिक्त, पर्यटनको विकासबाट विश्वव्यापी मित्रताको विकास हुन्छ । ग्रामीण क्षेत्रमा हुने सामुदायिक पर्यटनको विकासबाट निम्न आर्थिक वर्गमा रहेका नेपालीको आर्थिकस्तर उकास्न पनि मद्दत पुग्ने छ ।
व्यापार जहिले पनि आर्थिक क्रियाकलाप वृद्धिका लागि गरिन्छ । यसमा फाइदा बेफाइदाको हिसाव हुन्छ । जसले जहाँ लगानी गरे तापनि त्यहाँ पनि व्यापारिक सोच नै हुन्छ । मात्रै व्यापारको प्रकृति मात्र फरक हो । यस्तै पर्यटन पनि एउटा व्यापारिक उद्योग नै हो । जहाँ वस्तु र सेवा दुवैको किनबेच हुन्छ । धेरैले अरुलाई ठाउँ, सेवा, त्यहाँको वस्तु व्यापारका लागि पर्यटकहरू आकर्षित गर्ने प्याकेजका योजना ल्याउने गरेका छन् ।
हाम्रो देशमा रहेका सांस्कृतिक सम्पदा र प्रकृतिले उपहार दिएका आकर्षक छटाहरूको चर्चा अरुलाई देखाउन र सुनाउन सकेका छैनौं, त्यसैले पनि यहाँ अझै पनि पर्यटकहरू अरु ठाउँको तुलनामा कम आउँछन् । तर पर्यटन क्षेत्रबाट अर्थतन्त्र मजबुद बनाएका राष्ट्र र ठाउँमा पर्यटक भुलाउने र बढाउनका लागि थप आकर्षक कार्यक्रमहरू थप्दै गएका छन् । त्यसैले पनि वर्षैपिच्छे केही न केही पर्यटकहरू बढेको तथ्याङ्क आउने गरेको छ ।
राजनीतिक स्थिरता र सुरक्षाको प्रत्याभूति भएको देश र ठाउँमा यस्ता तथ्याङ्कले हरेक वर्ष बढिरहेको छ । १० लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ पर्यटन वर्ष २०११ मनाइयो । तर पर्यटकहरू लक्ष्य अनुसार नेपाल नआए तापनि त्यसपछिका वर्षहरूमा पर्यटहरू नेपाल भ्रमणमा बढ्दो क्रममै छन् । पर्यटकका लागि पूर्वाधारहरू पनि विकास भइरहेकै देखिन्छ ।
३ नं. प्रदेशको पर्यटकीय क्षेत्रहरू मध्ये दोलखा एउटा महत्वपूर्ण जिल्ला हो । दोलखाका प्रमुख पर्यटकीय स्थलहरूका बारेमा छोटकरी रुपमा उल्लेख गर्दा यहाँ सान्दर्भिक नै हुन्छ । जुन दोलखाको आर्थिक विकासको मेरुदण्डको रुपमा पर्यटनलाई नै बनाउनु पर्नेमा पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल पनि जोड दिन्छन् । दोलखाका पर्यटकीय गन्तव्य यिनै हुन् तर यतिले मात्र दोलखाका पर्यटकीय गन्तव्य पूरा हुँदैनन् ।
रोल्वालिङ हिमश्रृंखलाअन्तर्गत पर्ने हिमाल
क्र.सं. | नाम | उचाइ(मिटर) | जान सकिने बाटो |
१ | टाकर्गो | ६७७१ | काठमाडौं — चरिकोट — सिमिगाउँ |
२ | पार्चामो | ६१८७ | काठमाडौं — चरिकोट — वेदिङ — काबुङटासि |
३ | नुम्बुर | ६९५७ | काठमाडौं — फाफ्लु — जुङबेसि — नापुङ |
४ | लिन्कु | चुली – पिङ — फेरागो — शार | |
५ | काङ नाग्चुगो | ६७३५ | काठमाडौं — चरिकोट — सिमिगाउँ — वेदिङ |
६ | गौरीशंकर | ७१३४ | काठमाडौं — दोलखा — वि.सि. |
७ | द्रांगानाङ रि | ६८०१ | काठमाडौं — दोलखा — जगत — सिमिगाउँ — वि.सि. |
८ | दिंगिउङ रि | ६२४९ | काठमाडौं — चरिकोट — सिमिगाउँ— वेदिङ वि. सि.वा लामाबगर भएर |
९ | चोबुजे | ६६८५ | काठमाडौं — चरिकोट — सिमिगाउँ— वेदिङ — च्छोरोल्पा — वि.सि. |
१० | चेकिगो | ६२५७ | काठमाडौं —चरिकोट—सिमिगाउँ—वेदिङ वि.सि.वा लामाबगर भएर |
११ | बामोंगो | ६४०० | काठमाडौं — चरिकोट — सिमिगाउँ — लामाबगर — वि.सि. |
टाकुरा चढ्न बाहेक हिमाली श्रृंखला दृश्यावलोकनका लागि पनि यस जिल्लाका विभिन्न स्थानहरू उपयुक्त छन् । यस बाहेक दोलखा जिल्लाको प्रख्यात पदयात्रा मार्गमा रोल्वालिङ, गौरीशंकर, तासिलाप्चे, दोर्जे लाक्पा मार्ग रहेका छन् ।
दोलखामा प्राकृतिक तथा धार्मिक पर्यटनका लागि दोलखा भीमेश्वर, कालिञ्चोक, रोल्वालिङ उपत्यका, शैलुङ, लामाबगर लगायतका २ दर्जन बढी स्थानहरू रहेका छन् । धेरै ठाउँबाट हिमाल अवलोकन नै महत्वपूर्ण हो । तर हाम्रा पूर्वाधार विकास र प्रचार प्रसारकै अभावमा पर्यटन क्षेत्रबाट जति फाइदा लिन सकिन्थ्यो लिन सकेका छैनौं । त्यसैले पर्यटन विकास र त्यसबाट हुने आर्थिक विकास नारा र भाषणमा मात्र सिमित छन् ।
पर्यटनको अल्पकालिन योजना
पर्यटन विकासका लागि जिल्लामा तत्काल प्रभाव पार्न सक्ने योजना बनाइ कार्यान्वयन गर्न जरुरी छ । यो योजना अन्र्तगत चर्चामा रहेका पर्यटकीय स्थलहरूमा आधारभूत सेवा सुविधाको व्यवस्थापन गर्नु पर्छ । साथै लुकेर रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरी त्यसको महत्वको बारेमा जानकारी लिनु आवश्यक छ । पर्यटन विकासका लागि दोलखामा तपसील अनुसारका कार्यक्रम सञ्चालन गर्न अपरिहार्य भएको छ ः
क) पर्यटन सूचना केन्द्रको स्थापना
पर्यटकहरूका लागि सबैभन्दा ठूलो कुरा सूचनाको महत्व हुन्छ । सही सूचना बिना पर्यटकहरूले यात्रा गर्ने, बस्ने, होटल, खाना, पर्यटनका प्राकृतिक, ऐतिहासिक तथा धार्मिक स्थानहरूको बारेमा जानकारी प्रयाप्त पाउन सकेका छैनन् । विभिन्न स्रोतबाट लिने सुचनाहरू सबै सही संप्रेशन पनि नहुन सक्छन् । यस्ता किसिमका पर्यटकहरूका लागि पायक पर्ने सूचना केन्द्र स्थापना भएको छैन । त्यसैले सबैभन्दा पहिलो दोलखाका पर्यटकीय महत्वका स्थानहरूको परिचय सहित पुग्ने बाटो, भ्रमणस्थान, लगायतका सम्पूर्ण जानकारी दिने पर्यटन सूचना केन्द्रको स्थापना गर्नु पर्छ ।
ख) होमस्टे (घरबास) को सुरुवात
दोलखाका सबै ठाउँमा पर्यटकका लागि सुविधा सम्पन्न होटलहरू छैनन् र सबै ठाउँमा होटल राख्न पनि असम्भव छ । सबै गाउँमा पर्यटकहरूलाई उत्तिकै खाने बस्ने सुविधा पनि छैन । जो कोहीलाई पनि पर्यटनका लागि जाने ठाउँमा सबैभन्दा महत्वपूर्ण पक्ष खाने बस्ने ठाउँको जानकारी राख्नु पर्छ । जहाँ यस्ता सुविधा छन् ति ठाउँमा जो कोहीलाई पनि पुग्न र भ्रमण गर्नका लागि कुनै पनि हिच्किचाहट हुँदैन ।
पाहुनालाई हाम्रो समाजमा अतिथि देवो भवः भन्ने गरिन्छ । त्यसैलाई व्यवस्थित रुपमा आजभोली पर्यटकहरूलाई परिवारको अर्को सदस्यको रुपमा राखेर बस्ने खाने सुविधा दिने र त्यो वापत सेवा शुल्क लिने प्रचलनलाई होम स्टे ( घरबास) भन्ने गरिन्छ । होम स्टेमा विशेष गरी पर्यटकहरूलाई परिवारले जे जस्तो खाने गरिन्छ त्यसैलाई सफा, स्वच्छ र व्यवस्थित रुपमा पर्यटकहरूलाई पनि समाबेस गरिन्छ र एउटा छुट्टै कोठा बस्नको लागि व्यवस्था गरिन्छ । खाने कुरामा विशेष गरी स्थानीयलाई महत्व दिने गरिन्छ ।
नेपालमा होम स्टेको छुट्टै कार्यविधि बनाई लागू गरिएको छ । त्यसमा होम स्टेको आधारभूत आवश्यकता पूरा गर्नका लागि उल्लेख छ । होम स्टे सामुदायिक रुपमा र व्यक्तिगत रुपमा पनि स्थापना गर्न सकिन्छ । नेपालका घान्द्रुक, घलेगाउँ, सिरुबारी, लान्द्रुक, लगायतका गाउँहरू प्रशिद्ध होम स्टे हुन । सामुदायिक होम स्टे विशेष गरी एउटै जाति, उस्तै संस्कृति र रीतिरिवाज, परम्परा भएको वस्तीमा गरिएका छन् । होम स्टेले गाउँका सबैलाई व्यवसायिक बनाउँछ ।
दोलखामा पनि यस्ता होटल स्थापना हुन नसक्ने तर पर्यटकीय ठाउँ प्रशस्त भएको र होम स्टेका लागि यस्ता संभावित तपसीलका गाउँहरूलाई होम स्टेको रुपमा विकास गर्न सकिन्छ ।
दोलखा बजार, सुस्पा वा लापिलाङ, विगू, आलम्पू, लादुक, बुलुङको तामाङ गाउँ र ओराङको ठकुरी बस्ती, वेदिङ, टासिनाम, ना, लुम्नाङ, चङ्खूको हुलाक, झ्याँकूको सेराकाप्ती वा गोर्पाङ, जुँगूको हुक्पा, जिरीको सिक्रि, श्यामाको ढुङ्गे, हावाको सुनुवार वस्ती, डाँडाखर्कको मगर गाउँ, शैलुङ्गेश्वरको मनगाउँ र कालापानी आदि ।
पर्यटनको अल्पकालिन योजना
पर्यटन विकासका लागि जिल्लामा तत्काल प्रभाव पार्न सक्ने योजना बनाइ कार्यान्वयन गर्न जरुरी छ । यो योजना अन्र्तगत चर्चामा रहेका पर्यटकीय स्थलहरूमा आधारभूत सेवा सुविधाको व्यवस्थापन गर्नु पर्छ । साथै लुकेर रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरी त्यसको महत्वको बारेमा जानकारी लिनु आवश्यक छ । पर्यटन विकासका लागि दोलखामा तपसील अनुसारका कार्यक्रम सञ्चालन गर्न अपरिहार्य भएको छ :
क) पर्यटन सूचना केन्द्रको स्थापना
पर्यटकहरूका लागि सबैभन्दा ठूलो कुरा सूचनाको महत्व हुन्छ । सही सूचना बिना पर्यटकहरूले यात्रा गर्ने, बस्ने, होटल, खाना, पर्यटनका प्राकृतिक, ऐतिहासिक तथा धार्मिक स्थानहरूको बारेमा जानकारी प्रयाप्त पाउन सकेका छैनन् । विभिन्न स्रोतबाट लिने सुचनाहरू सबै सही संप्रेशन पनि नहुन सक्छन् । यस्ता किसिमका पर्यटकहरूका लागि पायक पर्ने सूचना केन्द्र स्थापना भएको छैन । त्यसैले सबैभन्दा पहिलो दोलखाका पर्यटकीय महत्वका स्थानहरूको परिचय सहित पुग्ने बाटो, भ्रमणस्थान, लगायतका सम्पूर्ण जानकारी दिने पर्यटन सूचना केन्द्रको स्थापना गर्नु पर्छ ।
ख) होमस्टे (घरबास) को सुरुवात
दोलखाका सबै ठाउँमा पर्यटकका लागि सुविधा सम्पन्न होटलहरू छैनन् र सबै ठाउँमा होटल राख्न पनि असम्भव छ । सबै गाउँमा पर्यटकहरूलाई उत्तिकै खाने बस्ने सुविधा पनि छैन । जो कोहीलाई पनि पर्यटनका लागि जाने ठाउँमा सबैभन्दा महत्वपूर्ण पक्ष खाने बस्ने ठाउँको जानकारी राख्नु पर्छ । जहाँ यस्ता सुविधा छन् ति ठाउँमा जो कोहीलाई पनि पुग्न र भ्रमण गर्नका लागि कुनै पनि हिच्किचाहट हुँदैन ।
पाहुनालाई हाम्रो समाजमा अतिथि देवो भवः भन्ने गरिन्छ । त्यसैलाई व्यवस्थित रुपमा आजभोली पर्यटकहरूलाई परिवारको अर्को सदस्यको रुपमा राखेर बस्ने खाने सुविधा दिने र त्यो वापत सेवा शुल्क लिने प्रचलनलाई होम स्टे ( घरबास) भन्ने गरिन्छ । होम स्टेमा विशेष गरी पर्यटकहरूलाई परिवारले जे जस्तो खाने गरिन्छ त्यसैलाई सफा, स्वच्छ र व्यवस्थित रुपमा पर्यटकहरूलाई पनि समाबेस गरिन्छ र एउटा छुट्टै कोठा बस्नको लागि व्यवस्था गरिन्छ । खाने कुरामा विशेष गरी स्थानीयलाई महत्व दिने गरिन्छ ।
नेपालमा होम स्टेको छुट्टै कार्यविधि बनाई लागू गरिएको छ । त्यसमा होम स्टेको आधारभूत आवश्यकता पूरा गर्नका लागि उल्लेख छ । होम स्टे सामुदायिक रुपमा र व्यक्तिगत रुपमा पनि स्थापना गर्न सकिन्छ । नेपालका घान्द्रुक, घलेगाउँ, सिरुबारी, लान्द्रुक, लगायतका गाउँहरू प्रशिद्ध होम स्टे हुन । सामुदायिक होम स्टे विशेष गरी एउटै जाति, उस्तै संस्कृति र रीतिरिवाज, परम्परा भएको वस्तीमा गरिएका छन् । होम स्टेले गाउँका सबैलाई व्यवसायिक बनाउँछ ।
दोलखामा पनि यस्ता होटल स्थापना हुन नसक्ने तर पर्यटकीय ठाउँ प्रशस्त भएको र होम स्टेका लागि यस्ता संभावित तपसीलका गाउँहरूलाई होम स्टेको रुपमा विकास गर्न सकिन्छ ।
दोलखा बजार, सुस्पा वा लापिलाङ, विगू, आलम्पू, लादुक, बुलुङको तामाङ गाउँ र ओराङको ठकुरी बस्ती, वेदिङ, टासिनाम, ना, लुम्नाङ, चङ्खूको हुलाक, झ्याँकूको सेराकाप्ती वा गोर्पाङ, जुँगूको हुक्पा, जिरीको सिक्रि, श्यामाको ढुङ्गे, हावाको सुनुवार वस्ती, डाँडाखर्कको मगर गाउँ, शैलुङ्गेश्वरको मनगाउँ र कालापानी आदि ।
ग) संग्रहालय
दोलखामा हिमालको फेदिमा बस्नेदेखि खोला किनारमा माछा मारेर जीविकोपार्जन गर्ने माझिहरूसम्मका विभिन्न जात जातिको बसोबास रहेको छ । यहाँ विभिन्न १२ वटा जनजाति, क्षेत्री, बाहुन, दलितहरूको बसोबास रहेको छ । उनीहरूको परम्परागत पेशा व्यवसाय, रहनसहन, भेषभुषा, संस्कृति, रहेको छ । परम्परागत यस्ता संस्कार आधुनिकतासँगै लोप हुँदै गएको छ । धेरै वर्ष अघि प्रयोग गरेका औजार, सीप, साधन, विभिन्न लिखतहरू लोप समेत नासिने, अस्तित्वमा नरहने अवस्था सिर्जना भएको छ । अध्ययन, अनुसन्धान र स्थानीयता झल्काउनुका साथै भावी पुस्ताका लागि समेत सजिलै परिचित गराउनका लागि जोगाउनु जरुरी छ ।
नेपालमा पहिलो पटक वि.सं. १५९१ मा दोलखा सहरका राजा इन्द्र सिंहदेवले प्रचलनमा ल्याएको चाँदीको सिक्का होस् या वेदिङका शेर्पाले हिमाल आरोहण गर्दा लगाउने कपडा र प्रयोग गर्ने सामाग्री जस्ता सामाग्री जिउँदो संग्राहालय स्थापना गरी संकलन गर्नु आवश्यक छ । त्यसैगरी यहाँ विभिन्न प्रजातिका जडिबुटि, पशुपंक्षि, फूल, त्यसैगरी खनिजहरू रहेका छन् तर यसबारेमा धेरैले जान्नका लागि पत्याउन गाह्रो पर्छ ति सबैलाई पर्वतीय संग्राहालयको रुपमा राख्नु जरुरी छ । यस्ता संग्राहालय विभिन्न शैक्षिक केन्द्र, सरकारी तथा गैर सरकारी संघ संस्थाले स्थापना गर्दा उपयुक्त हुन्छ । तर केही ठाउँमा व्यक्तिगत रुपमा समेत स्थापना गरेको पाइएको छ । यसबाट पर्यटकहरूलाई आकर्षण गर्न र उनीहरूको बसाइ लम्ब्याउन सकिन्छ । दोलखाका तपसीलका स्थानमा संग्राहालय स्थापना गर्नु उपयुक्त छ:
दोलखा बजार, लापिलाङ वा आलम्पू, सिंगटी, वेदिङ, जिरी, सूरी, हावा, चरिकोट, शैलुङ्गेश्वर ।
दीर्घकालिन योजना
दोलखा १० वर्षे भिजन
जिल्लाको विकासका लागि दीर्घालिन सोच राखेर योजनाबद्ध रुपमा काम गर्नु जरुरी छ । पर्यटकीय क्षेत्रको पूर्वाधार विकास, प्रचार प्रसार र नयाँ नयाँ किसिमको पर्यटन आकर्षका लागि दोलखालाई १० वर्षे दोलखा भिजन राखेर गुरु योजना बनाइ काम गर्नु पर्छ ।
१.घोडाचढी यात्रा प्रवद्र्धन
समुद्र सतहबाट ३१४६ मिटर उचाईमा शैलुङमा एक सय आठभन्दा बढी सौन्दर्यपूर्ण थुम्काहरूले सजिएको छ । शैलुङ टुप्पामा ३ दर्जन जति घोडाहरू अहिले पनि बेकामे भएर चरिरहेको देखिन्छ । तिनीहरूको संख्या बढाएर हिड्न नसक्नेहरूका लागि र थप आनन्द लिनेहरूका लागि मनगाउँ, कालापानी, खोलाखर्क र ढुङ्गेबाट घोडा चढीको व्यवस्था गर्न सकिन्छ ।
शैलुङका अतिरिक्त जिरीबाट चेलुङ, हनुमन्ते, लगतयतका ठाउँमा जंगल सफारी गर्नका लागि घोडालाई प्रयोगमा ल्याउन सकिन्छ चितवनको सौराह हात्ती चढ्नका लागि पर्यटकहरू आकर्षित भए जस्तै शैलुङ लगायतका दोलखामा लोप हुन लागेको घोडा चढेर सहजै आनन्द लिनेहरूको लागि अर्को थलो हुन्छ ।
२.चौरी विकास योजना
हिमाली क्षेत्रमा पाइने चौरी पालन व्यवसाय क्रमशः संकटमा पर्दै गएको छ । चौरी व्यवसायसँगै चौरीको दुधबाट बन्ने चीज, छुर्पी, नौनी लगायतका परिकार पनि शुद्ध पाउन मुस्किल भएको छ । परम्परागत चरण क्षेत्रको अभाव, नश्ल सुधार नहुने, याकको अभाव जस्ता कारणले चौरी साधारण गाई जस्तै हुन थालेका छन् । यसको साखलाई गिर्न नदिनका लागि र चौरी पर्यटनका लागि विकास गर्नका लागि जिरी, चेर्दुङ, झ्याँकू, श्यामा, चङ्खू, मार्बू, गौरीशंकर, लामाबगर, चिलंखा, आलम्पू, विगू, कालिञ्चोक, शैलुङ लगायतका क्षेत्रलाई थप चौरी पर्यटनका रुपमा विकासको योजना बनाएर काम गर्नु जरुरी छ ।
३.कृषि–पर्या पर्यटन योजना
दोलखा जिल्ला, हावापानीको विविधता र मौसमको विसमताले भरिएको जिल्ला छ । जस्तो एक घण्टा तल खिम्तीखोलामा धान झुल्ने तर माथि शैलुङ्ग रेन्जमा गुराँस फुल्ने मौसमको विसमता दुर्लभ प्रकृतिको विशेषता हो । त्यसकारण कृषिबाली अनुसन्धान केन्द्रहरूको निर्माण र विकास शोभनीय छ । दोलखाकै जिरी र श्यामा गाई फाराम छ । बोचमा पनि नेपालकै ठूलो गाई फाराम बनाउने कार्यक्रम चलिरहेको छ । त्यसै गरी काबे्रमा रहेको पहाडी बाली अनुसन्धान फाराम, र बोचमा रहेको बागवानी केन्द्रलाई त्यसै अनुसारको कृषि पर्यटनको विकासका लागि विकास गर्न सकिन्छ । त्यस्तै दोलखाका माथिल्ला भेग आलु पर्यटनका हिसावले महत्वपूर्ण हुने छ ।
माटो र हावापानी सुहाउदो क्षेत्रमा चिया, अनार, अमिला जातका फलफूल, ट्राउट माछा, तरकारी फाराम, सहकारी मार्फत गराउन सकिन्छ ।
४.माउन्टेरिङ विद्यालय सञ्चालन
नेपाल हिमालै हिमालको देश विश्वका अग्गा चुचुराहरू मध्ये अधिकाँश नेपालमै पर्छन् । विश्वको सर्वोच्च शिखर आरोहण गर्नेहरू नेपालमै छन् । त्यसमा पनि दोलाको वेदिङ एउटै गाउँका शेर्पाहरू प्रायः कोही पनि हिमाल आरोहण गर्न बाँकी छैनन् । समावेशी महिलाको नाममा होस् या अन्य कुनै रुपमा हिमाल आरोहण गर्नेहरू रहेका छन् । विडम्बना नेपालमा हिमाल आरोहणको प्रशिक्षण केन्द्र समेत राम्रो छैन । यस सम्बन्धि विश्वविद्यालयको त कुरै छाडौं । हिमाल चढ्दा प्रयोग गरिने सामाग्री पनि विदेशबाट आयत गर्नु पर्छ ।
गौरीशंकर र आसपासका चुचुराहरू प्रशिक्षणका लागि उपयुक्त छन् । पछिल्लो समयमा ५ हजारसम्मका चुचुरामा प्रशिक्षण लिन आउनेहरूको संख्या पनि सामान्य वृद्धि भइरहेको छ । रोल्वालिङ क्षेत्रको ना गाउँलाई आधार बनाएर स्वदेशी तथा विदेशी विद्यार्थीहरूलाई लक्षित गरेर माउण्टेरिङ विद्यालय सञ्चालन गर्न आवश्यक छ ।
प्राकृतिक छटाले भरिपूर्ण दोलखाका स्थानहरू पर्यटकीय आकर्षको उत्कृष्ट गन्तव्य हुने पक्का छ । ति क्षेत्रको पहिचान र विकास गर्न सकेमा दोलखा जलविद्युत पछि आर्थिक क्रियाकलापको दोस्रो ठूलो क्षेत्र हुनेछ । सुन्दरता, हावापानीको विषमताले भौगोलिक विविधताका कारण बहुआयामिक सम्भावनालेयुक्त यो क्षेत्र स्वदेशी तथा विदेशीहरूका लागि आकर्षणको केन्द्र हुने छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूका लागि होस् या अध्ययन, अनुसन्धानका लागि यो क्षेत्रको विकासका लागि पछिल्लो पटक घोषणा भएको गौरीशंकर संरक्षण क्षेत्र भित्रको पर्यटकीय गुरुयोजना र तयसबाहिरको आवधिक गुरुयोजना बनाएर तत्कालिन र दिर्घकालिन कार्ययोजना बनाएर सम्बन्धित निकाउको प्रयत्नमा विकास गर्नु ढिला गर्नु हुन्न ।
दोलखामा के छ भनेर अब चर्चा गरिराख्नु पर्दैन तर यहाँ के छुटेको छ भनेर अध्ययन गर्नु आवश्यक छ । यसको विकासलाई कसरी गर्ने भन्ने मात्र हो । अब ‘हामी सबैको जिल्लाको चिनारी हाम्रो पहिचान हो र जिल्लाको विकास हाम्रो स्वाभिमान हो’ भन्ने मान्यताका आधारमा काम गर्नु र हाम्रा सपना साकार गर्नु नै हो ।
–दिलबहादुर केसी