पिपुल्स च्वाइसमा सन्दीपको मनोनयन «

पिपुल्स च्वाइसमा सन्दीपको मनोनयन

पल्सर स्पोर्टस अवार्डअन्तर्गतको पिपुल्स च्वाइस अवार्डमा बिजेताको टुंगो आम जनताले गर्न सक्नेछन् । यसअघि एसएमएस भोटिङमार्फत मात्र बिजेता निर्धारण हुदैं आएको पिपुल्स च्वाइस अवार्डका लागि भने यसपटक केही परिवर्तन ल्याइएको छ । यसपटक एसएमएस भोटिङले कुल ५० प्रतिशत मतको वजन राख्नेछ भने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यहरूको मतले २५ प्रतिशत र बिभिन्न खेलकुदका प्रशिक्षकहरूको मतले २५ प्रतिशत । यद्यपि एसएमएस भोटिङ नै यस बिधाको बिजेताको टुङो लगाउन निर्णायक हुन सक्छ । एसएमएसका लागि टिएचटी लाइभ ३७७२२ अफिसियल भोटिङ पार्टनर रहेको छ ।
यसबर्षको पिपुल्स च्वाइस अवार्डका ५ मनोनित मध्ये रहेका छन् । १७ वर्षीय नेपाली क्रिकेट टिमका युवा लेग स्पिनर सन्दिप लामिछाने । टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ, गल्फर प्रतिमा शेर्पा, भलिबल खेलाडी मान बहादुर श्रेष्ठ र फुटबलर किरण चेम्जोङ अन्य मनोनित खेलाडी रहेका छन् । सन्दिप पछिल्लो तीन बर्षमा दोश्रो पटक यस बिधाका लागि मनोनयनमा परेका हुन् ।
२०७४ सालमा सम्भवत नेपाली खेलकुदमै निकै नै चर्चित बन्न सफल भएको नाम हो सन्दिप लामिछाने । एकातिर राष्ट्रिय तथा अण्डर १९ क्रिकेट टिमका लागि देखाउदै आएको लगातारको दमदार प्रदर्शन र अर्को तर्फ बिश्वका व्यावसायिक लिगमा जोडिदै गएको नाम, सन्दिप नेपाल मात्र नभएर विश्वब्यापी रुपमै चर्चा बटुल्न सफल रहे ।

 

प्रतिक्रिया दिनुहोस्