Logo

टुबोर्ग ओपन यस वर्ष पनि हुने

डेनिस ब्राण्ड टुबोर्गले पहिलो सांगीतिक अभियानको सफलतापश्चात् ‘टुबोर्ग ओपन’ फेरि आयोजना गर्ने घोषणा गरेको छ । यस वर्ष भने विश्वख्याति प्राप्त कलाकार ‘डिप्लो’ र ‘मो’को बीच सहकार्य गराई विभिन्न सांगीतिक प्रभाव खोज्दै विश्वभरका कलाकारहरुसँग संयोजन गरी नयाँ सांगीतिक ट्रयाकहरु बनाउने बताइएको छ ।
अबको दोस्रो वर्षमा टुबोर्ग ओपनले फेरि एकपटक उत्कृष्ट संगीतकारहरुसँग मिलि केही विशेष रचना गर्दैछ । एउटै विश्वव्यापी सन्देश भएको गीत तर कथा भने विश्वभरका प्रत्येक सहयोगी कलाकारले आफ्नो स्थानीय संस्कृति र विविधता झल्काउने आफ्नै शब्दहरुका साथ भनिने बताइएको छ ।
यस वर्षको अभियानबारे डिप्लोले भने, “टुबोर्ग ओपनको दोस्रो वर्षमा पनि सहभागी हुँदा निकै उत्साहित छु । यस वर्ष टुबोर्ग हामीमाझ ‘ओपन टु मोर’ हुने विचारको साथ आएको छ र ‘मो’ र म ‘स्टे ओपन’ट्रयाकमा काम गरिरहेका थियाै । यस ट्रयाक मानिसहरुमा नयाँ व्यक्ति र नयाँ अनुभवहरुका लागि खुल्ला सोच हुनुपर्ने आवश्यकताको बारेमा रहेको छ ।”
टुबोर्गका अन्तरास्ट्रिय बजार प्रबन्धक मिलन शाहका अनुसार टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्पदा रहेको छ, जसले नयाँ शैली र कलाकारहरुलाई नयाँ बजारमा चिनाउन मद्दत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्