सनराइज बैंकको दुहवी शाखा स्थानान्तरण «

सनराइज बैंकको दुहवी शाखा स्थानान्तरण

सनराइज बैंक लिमिटेडले सुनसरीको दुहवी शाखालाई साविकको स्थानबाट करिव ५० मिटरको दूरीमा स्थानान्तरण गरेकोे छ । बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले उक्त स्थानमा शाखा स्थानान्तरण गरेको हो ।
आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदार र उद्योग वाणिज्य संघ, दुहवीका अध्यक्ष उमेश गोश्वानीले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
हाल यस बैंकले ८० वटा शाखा, ९५ वटा एटिएम, २१ वटा शाखारहित बैंकिङ् सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ । साथै, मर्चेन्ट बैकिङ तथा ईन्भेष्टमेन्ट बैकिङ कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

चक्रघट्टीमा २१ औं शाखारहित बैंकिङ
सनराइज बैंकले सुनसरीको बराहक्षेत्र नगरपालिका वडानम्बर ६, मुनाल चौक, चक्रघट्टीमा आफ्नो २१ औं शाखारहित बैंकिङ सेवाको थालनी गरेको छ । शाखारहित बैंकिङ सेवाको उद्घाटन उद्योग वाणिज्य संघ, बराहक्षेत्र नगरपालिकाका अध्यक्ष सुरेन्द्रप्रसाद गुप्ताले गरेको बैंकले जनाएको छ ।
कार्यक्रममा शाखारहित बैंकिङ सेवाको एजेन्ट÷प्रतिनिधि दिनेश न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन प्रदान गरिएको थियो । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्