मुक्तिनाथ विकास बैंक जनकपुरमा «

मुक्तिनाथ विकास बैंक जनकपुरमा

मुक्तिनाथ विकास बैंकले जनकपुर उप–महानगरपालिका वडा नं. २, भानुचोकमा आफ्नो ७७ औं शाखा विस्तार गरेको छ । सोमबार नेपाल राष्ट्र बैंक जनकपुरका प्रमुख नरेश शाक्यले उक्त शाखा कार्यालयको उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि शाक्यले मुक्तिनाथ विकास बैंकले जनकपुर क्षेत्रमा रहेका ग्रामीण तथा सहरी भेगका जनताहरुमा समावेशी वित्तीय पहुँच पु¥याउँदै ग्राहक मैत्री सेवा सुविधा प्रदान गर्ने कुरामा विस्वस्त रहेको बताए ।
कार्यक्रममा प्रदेश नं. २ का प्रदेशसभा सदस्य रामआशिष यादवले उत्पादनशील क्षेत्रमा वित्तीय सेवा विस्तार गर्न सुझाव दिंदै यसको समावेशी वित्तीय मोडल नेपाल कै नमूनाको रुपमा रहेकोे बताए । कार्यक्रमका सभापति एवं बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्