गीत सुन्दा सुन्दै यमलोकको बास «

गीत सुन्दा सुन्दै यमलोकको बास

चेन्नोइ-संगीतका पारखीहरुमा विशेषगरी हेडफोन लगाएर गित सुन्दै सुत्ने बानी हुन्छ । तर तामिलनाडुको राजधानी चेन्नोइमा यो लतले महिलालाई यमराजको द्वारमा पुर्याएको छ । ४६ वर्षिय उक्त महिला हेडफोन लगाएर सुतेकी थिइन । तर उनलाई करेन्ट लागेर मृत्यू भएकमो छ ।
मृत्यू भएकि महिला फतिमाका पतीले उनलाई उठाउने प्रयास गर्दा नउठेपछि मृत्यू भएको प्रमाणित भएको हो । शंका लागेपछि उनका पति चिच्याए र उनलाई अस्पताल लगियो । तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । अस्पताल प्रशासनले पनि यो घटनाको खबर प्रहरीलाई गरेको र लासको पोष्टमार्टको तयारी भएको छ ।
अस्पतालका चिकित्सकले पनि महिलाको मृत्यू करेन्ट लागेरनै भएको पुष्टि गरेका छन् । अधिकारीका अनुसार महिला शनिबार राती हेडफोन लगाएर सुतेकी थिइन् । सुरुवाती परिक्षणमा सर्ट सर्किटका कारण उनलाई करेन्ट लागेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्