आजदेखि बजाजको ‘ग्रान्ड एक्सचेज मेला’ «

आजदेखि बजाजको ‘ग्रान्ड एक्सचेज मेला’

नेपालका लागि बजाज ब्रान्डका मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिले ‘ग्रान्ड एक्सचेज मेला’ आयोजना गर्ने भएको छ । ‘जिन्दगी बदलिन्छ बजाज एक्स्चेन्जसँग’ भन्ने मूल नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा मंसिर ७ गतेदेखि ११ गतेसम्म मेला आयोजना हुनेछ ।
‘ग्रान्ड एक्सचेज मेला’ नेपालकै सबैभन्दा ठूलो बाइक एक्सचेन्ज मेला हुने कम्पनीले विश्वास लिएको छ । यस सुवर्ण अवसरमा ग्राहक महानुभावहरूले कुनै पनि ब्रान्डका मोटरसाइकल र स्कुटरहरू ल्याएर बजाजका मोटरसाइकलसँग साट्न सक्नेछन् । साथै मेलालाई भव्य बनाउन कम्पनीले आकर्षक गिफ्ट ह्यामपरहरूसमेत राखेको छ । हरेक दिन भाग्यशाली एक जाना ग्राहक महानुभावले प्रत्येक दिन हुने लक्की ड्र बाट सामसङ मोबाइलसमेत जित्न सक्नुहुनेछ । हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडले आफ्ना ग्राहक महानुभावलाई सदैब सर्वोत्तम सेवा, सुविधा प्रदान गर्दै आएको कुरामा विश्वस्त रहेको विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्