दराज डटकममा शुक्रबारदेखि ब्ल्याक फ्राइडे सेल

केमुबाट दराज डटकम डटएनपीमा रूपान्तरण भएको अनलाइन प्लेटफर्ममा सूचीकृत विक्रेताहरूले शुक्रबारदेखि ब्ल्याक फ्राइडे सेलमा ७० प्रतिशतसम्म छुट दिन लागेका छन् । ब्ल्याक फ्राइडे अवधिमा लत्ता कपडा, विद्युतीय सामग्री, घरायसी उपकरण, मोबाइल फोन, सौन्दर्य सामग्रीलगायतका विक्रेताहरूले दराज डटकमडट एनपीमार्फत सस्तोमा सामान उपलब्ध गराउने छन् । दराजको एन्डरोइड तथा एप्पल एप्सबाट पनि सेलमा सहभागिता जनाउन सकिने दराज केमु प्रलिले जनाएको छ ।
मंसिर ८ गतेदेखि १२ गतेसम्म तदनुसार २४ नोभेम्बरदेखि २८ नोभेम्बरसम्म ब्ल्याक फ्राइडे सेलमा ३ सयभन्दा बढी प्रख्यात ब्रान्डका उत्पादनहरू खरिद गर्न सकिन्छ ।
सेलमा ४० हजार रुपैयाँ बराबरको ल्यापटप खरिद गर्ने पहिलो ५० जनालाई वल्र्ड लिंकले २५ एमबीपीएसको इन्टरनेट ६ महिनाका लागि निःशुल्क उपलब्ध गराउने छ । सेल अवधिमा दराज डटकम डटएनपीमा सेवाग्राहीले दुबाई भ्रमणको होलिडे प्याकेज सस्तो मूल्यमा खरिद गर्न सक्ने छन् । यूएमआई डिजीको क्रिष्टल फोरजी स्मार्टफोन २१ हजार रुपैयाँमा खरिद गर्न सकिने सेलमा नोकिया ८ स्मार्टफोनको अग्रिम बुकिङ गर्न सकिन्छ ।
ब्ल्याक फ्राइडे सेल मेला सुरु भएको पहिलो १ घण्टामा १ हजारभन्दा बढीको सामान खरिद गर्नेमध्ये १ जोडीले फ्लाई दुबाई र वान ग्लोब ट्राभल्सका तर्फबाट लक्की ड्रमार्फत ४ रात ५ दिनको दुबाई भ्रमणको अवसर पाउने छन् । साथै पहिलो १ घण्टामा २ हजार ५ सय रुपैयाँभन्दा बढीको सामान खरिद गर्नेले थप ५ सय रुपैयाँको सामान किन्ने कुपन पाउने छन् । रारा तालसम्मको दोहोरो भ्रमणको प्याकेज तथा ४५ हजार रुपैयाँ बराबरको गहना पनि उपहार योजनाका विजेताले प्राप्त गर्नेछन् ।
ब्ल्याक फ्राइडे सेललाई नोकिया–८ ले प्रायोजन गरेको हो भने वल्र्डलिंक, यूएमई डिजी, फ्लाई दुबाई, समिट एयर, वान ग्लोब ट्राभल्स, र नेपाल इन्भेस्टमेन्ट बैंकले सह–प्रायोजन गरेका छन् । सन् २०१६ मा पनि दराज केमुले ब्लाक फ्राइडे सेलको आयोजना गरेको थियो । उक्त सेलमा दराज केमुमा सूचीकृत भएका विक्रेताहरूको नियमित कारोबार दैनिक १५ गुणाले बढेको थियो ।