टाटा मोटर्सको नेपालमा हेक्जाको बिक्रीआरम्भ

टाटा मोटर्सले आफ्नो ज्यादै प्रतिष्ठित जीवनोपयोगीएसयूभी टाटा हेक्जा नेपाली बजारमा भित्राएको जानकारी गराएको छ । नेपालमा हेक्साको बिक्री सुरुवात गर्दै टाटा मोटर्सका सीईओ तथा म्यानेजिङ डाइरेक्टर गेएन्टर बटचेकले बुधबार पहिलो समूहको ११ जना ग्राहकलाई विशेष समारोहमा गाडीको साँचो प्रदान गरे । नेपालभरि उपलब्ध गराइने हेक्साको एक्स टी ४–४ का विभिन्न मोडलहरूको मूल्य ७७.९५ लाख पर्नेछ ।
हेक्साको बिक्री शुभारम्भ समारोहमा बोल्दै टाटा मोटर्सका सीईओ तथा एमडीले भने, “हामीले टाटा मोटर्सको तर्पmबाट जहिले पनि अग्रणी रूपमा आफ्नो ग्राहकहरूलाई विशिष्ट तथा गतिशील प्रोडक्टको अनुभव दिलाइरहेका छौं र हाम्रो त्यो प्रतिबद्घता टाटा हेक्साले मजबुत पारेको छ । हामीले नेपालको ग्राहकहरूलाई बढी ढाँचावान, आफ्नो जीवनको सोख अनुसारको गाडी होस् भन्ने चाहना छ भन्ने कुरा बुझेका छौं र टाटा हेक्साले त्यही अनुरूप ग्राहकको बढ्दो चाहना पूरा गर्ने महत्वपूर्ण पहल गरेको छ । हामी आशावादी छौं नेपालभित्र नयाँयुगअनुसार गाडी मन पराउने ग्राहकहरू माझ धेरै प्रतिस्पर्धात्मक बजारको बावजुद पनि यसले तरंग ल्याउनेछ र यो पूर्ण प्याकेजसहितको गाडी चाँडै लोकप्रिय हुनेछ ।”
टाटा हेक्सा २२०० सीसी भेरिकर डिजल इन्जिन, १५६ पीएस÷४०० एनएममा उपलब्ध छ । यसको अतिरिक्त हेक्साको एक्स टी ४ह४ मोडल ६ वटा गतिको लागि म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ । हेक्साको थप विशेषतामा यसको सेन्ट्रल कन्सोलमा राम्ररी जडान गरिएको रोटरी नबले यसको सुपर ड्राइभ मोडलाई सञ्चालन गर्नेछ । सुपर ड्राइभ मोडले चालकहरूलाई आनन्दसँग अटो, कम्फर्ट, डाइनामिक र रफ रोडमध्ये जुनसुकै मोडमा परिवर्तन गरेर बाटो र आफ्नो मुडअनुसार गाडी चलाउन सक्ने विशेषता दिएको छ ।