१० लाख नगदसहित हुण्डी कारोबारी पक्राउ «

१० लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

हुण्डी कारोबारमा संग्लन एक जना काठमाडौंको न्युरोडबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवा र अपराध महाशाखाको टोलीले झापा शिवगन्ज गाउँपालिका २ का ४२ वर्षीय विपिन उप्रेतीलाई पक्राउ गरेको हो ।
उप्रेतीको साथबाट प्रहरीले १० लाख ४० हजार नेपाली रुपैयाँ बरामद गरेको छ । प्रहरी अनुसन्धानबाट उप्रेतीले यसअघि ३३ लाख रुपैयाँबराबरको कारोबार गरेको र अनुसन्धानमा रमेश सिवाकोटी मुख्य कारोबारी रहेको देखिएपनि उनी फरार रहेको खुलेको छ । पक्राउ परेका उप्रेतीमाथि आवश्यक अनुसन्धान भइरहेको महानगरिय प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्