नेपाल आईस आन फुटसल सोमबारदेखि «

नेपाल आईस आन फुटसल सोमबारदेखि

विज्ञापन एजेन्सी, संचारगृह र व्यावसायिक प्रतिष्ठानबीच सद्भाव र भाइचारको सम्बन्ध अभिवृद्धि गर्न फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल विज्ञापन संघ (आन)को आयोजनामा सोमबारबाट नेपाल आइस आन फुटसल प्रतियोगिता हुने भएको हो ।
सानेपाको फिल्ड फुटसलमा २९ गते सम्म चल्ने प्रतियोगितामा विज्ञापन एजेन्सी, संचारगृह र विभिन्न व्यावसायिक प्रतिष्ठानका गरी कुल ३२ टोलीको सहभागीता रहने आनका अध्यक्ष रवीन्द्रकुमार रिजालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष दुई टोली अन्तिम १६ मा प्रवेश गर्नेछन्। प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ५० र तेस्रो स्थानको टोलीले ३० हजार रुपैयाँ हात पार्नेछन् ।
रिजालका अनुसार विभिन्न सञ्चारगृहका साथै साथै मार्स, बेलकम, भिचित्र, एएनएस, भोग, अभानि, प्रिज्मार्क, मिडियाबास्केट, एडिरिलिज, मिडियाहब, आउटरिच नेपाल, एडिफ्याक्टर, कि एडभरटाईजिङ, फ्युचर हब तथा प्रिज्मा प्रतियोगितामा भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्