खिलुङ्मा खानेपानी

वर्षौंदेखि खानीपानी अभावमा बसेका पर्यटकीय गाउ“ स्याङजाको भीरकोट–६ खिलुङमा लिफ्टिङ प्रविधिबाट खानेपानी पुर्याइएको छ । पर्यटकीय तथा हनी बाबुल भिलेजको रूपमा परिचित खिलुङमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पिउने पानी पुर्याएको हो ।
खानेपानी योजनाबाट ७९ घरधुरी रहेको खिलुङमा घरघरमा खानेपानी पुर्याइएको छ । २०६६ सालबाट पर्यटक गाउ“ घोषणा गरिएको खिलुङमा खानेपानी कार्यालयले पहिलो योजनाकोे काम सकेर पानी गाउ“मा पुर्याएको छ भने दोस्रो योजनाको काम थालनी गरिएको डिभिजन प्रमुख तुलसी बस्नेतले बताए । पहिलो चरणमा सम्पन्न योजनाबाट २८ घरधुरीलाई लिफ्टिङ प्रणालीबाट खानेपानी पुर्याइएको छ । खिलुङमा ९१ लाख ३१ हजार २१७ रुपैया“को लागतमा २१८ जनालाई खानेपानी मिलाइएको बस्नेतले जानकारी दिए ।
दोस्रो चरणमा संचालन भएको योजनाबाट ओखरबोट र अर्गादीमा रहेका १५ घरधुरीका १११ लाभान्वित हुनेछन् । दोस्रो योजना ७३ लाख ५३ हजार ३१३ रुपैया“को लागतमा योजना सम्पन्न लक्ष्य राखिएको डिभिजन कार्यालयले जानकारी दिएको छ । त्यस्तै आरिकोनेमा तेस्रो योजनाबाट ३६ घरधुरीका ३१५ जनासंख्यालाई खानेपानीको ब्यवस्था गरिने भएको छ । तेस्रो योजनाअन्तर्गत आरिकोनेको खानेपानी योजना ९९ लाख ८१ हजार ८०७ रुपैया“को लागतमा निर्माण हुनेछ ।
खानेपानी कार्यालयको पहलमा खानेपानीको अभाबमा दुःख भोगिरहेका स्थानीयलाई पिउने पानीको सुविधा पुगेपछि दैनिक जीवनमा समेत ठूलो परिवर्तन आउने निर्माण समितिका अध्यक्ष आशबहादुर गुरुङले बताए । घरघरमा पानीको सुविधा पुगेपछि अन्य काममा समेत सहजता आउने उनले विश्वास व्यक्त गरे ।