२०७५ लाई नवीकरण ऊर्जा वर्ष घोषणा गर्न माग «

२०७५ लाई नवीकरण ऊर्जा वर्ष घोषणा गर्न माग

जल तथा ऊर्जा परामर्शदाता संस्था नेपाल (विक्यान) को नवौं वार्षिक साधारणासभाले खिमानन्द कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छट ।
संस्थाको उपाध्यक्षमा कालिदास न्यौपाने, महासचिवमा नरेश न्यौपाने, सचिवमा सञ्जिव पोखरेल र कोषाध्यक्षमा सन्तोष मण्डल निर्वाचित भएका छन् भने सदस्यहरूमा श्रीराम न्यौपाने, प्रदीप गंगोल, डा. अखिलेशकुमार कर्ण, अभिषेक यादव, गोपाल बस्नेत र विष्णु दवाडी निर्वाचित भएका छन् ।
विक्यानले ऊर्जा क्षेत्रको विकासको लागि जल तथा ऊर्जा मन्त्रालयले ल्याउने लागेको श्वेतपत्र तथा आगामी योजनामा समावेश गर्ने गरी विभिन्न सुझावसमेत दिएको छ । विक्यानले ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेललाई बुझाएको मागपत्रमा जल तथा ऊर्जा क्षेत्रमा काम गरिरहेका र अनुभवीहरूको विज्ञ समूह बनाउन, यसको अध्ययन र अनुसन्धानका लागि सरकारी र निजी क्षेत्रको समन्वयमा जल तथा ऊर्जा अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न तथा केन्द्र सरकार र स्थानीय सरकारबीच जलस्रोत र अन्य ऊर्जा प्रविधिको कार्यक्षेत्र स्पष्ट हुने गरी अनलाइन जिओग्राफिकल म्यापिङ अनलाइन बनाउनसमेत सुझाव दिएको छ ।
नवीकरणीय ऊर्जा वर्ष २०७५ वर्ष घोषणा गरी सरकारी र निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय प्रचारात्मक अभियान संचालन गर्नुपर्ने, आगामी ५ वर्षभित्र देशका हरेक स्थानीय तहमा केन्द्रीय प्रसारणलाइन पुग्ने गरी हालै मात्र राष्ट्रिय योजना आयोगले अध्ययन गरिसकेको योजना अघि बढाउन, अफ ग्रिड क्षेत्रमा ऊर्जाका प्रविधिहरू विस्तार गर्दा अनिवार्य रूपमा कुकिङ सोलुसन टु अल न्यूनत्तम नाराका साथ वैकल्पिक ऊर्जाका प्रविधिहरुको विकास गर्नुपर्ने, नवीकरणीय ऊर्जासम्बन्धी वैदेशिक अनुदान वा ऋण सहयोग लिँदा नेपाली उद्यमी र क्षमता थप बलियो हुने गरी र अधिकतम देशमा उपलब्ध जनशक्तिको भूमिका स्थापित हुने गरी सम्झौता गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्