Logo

ब्रिटिस मोडल कलेजमा विल्केस

द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस मोडल कलेज (बीएमसी) ले ए–लेभलको कार्यक्रम व्यवस्थापकको रूपमा लि रसेल विल्केसलाई नियुक्त गरेको छ । कलेजले अंग्रेजी भाषाको विशेषज्ञ विल्केसलाई नियुक्ति दिएको हो ।
उनले सन् २०१० मा बेलायतको निजी इस्न्टिच्यूटमा अंग्रेजी भाषाको अध्यापन गराएका थिए । साथै एमबीए तथा एसीसीए विषयको पनि अध्यापन गरेको कलेजले जनाएको छ । उनले सामान्य तथा विजनेश अंग्रेजी भाषा पढाएका थिए । साथै अंग्रेजी भाषा परीक्षा (पीटिई) तथा आइएलटिएस पनि पढाएको अनुभव उनीसँग छ ।
द ब्रिटिस कलेजका प्रिन्सिपल डा. जोन बाटम्यनले ब्रिटिस मोडेल कलेजको ए लेभल कार्यक्रममा उनले कार्यक्रम प्रबन्धकको रूपमा विद्यार्थीहरुलाई शैक्षिक कार्यक्रमहरू र अतिरिक्त पाठ्यकार्यकारी गतिविधिहरूको माध्यमबाट जीवन परिवर्तन र क्यारियर छनौट गर्ने, छनौट गर्न मद्दत पु¥याउन सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्