वाईवाई ग्लोकल टिन हिरोको चौथो संस्करण

‘वाईवाई ग्लोकल टिन हिरो’ले आफनो चौथो संस्करणका लागि आवेदन आह्वान गरिएको ग्लोकल प्रालिले जनाएको छ । नवलपरासीकी १७ बर्षिया बाल अधिकार कार्यकर्ता विपना शर्मा र युवा वैज्ञानिक, सन्तोष लामिछाने सोही कार्यक्रममा प्रथम भइ २०१५ र २०१६ मा पुरस्कृत भएका थिए । त्यसैगरी दाङका १८ वर्षीया सामाजिक कार्यकर्ता सचिन डाँगी, २०१७ कावाई वाई ग्लोकल टीन हीरो बिजेता हुन् ।
यस वर्ष देशको विभिन्न ठाउँबाट किशोर किशोरीहरुलाई कार्यक्रममा सहभागी गराउने उद्देश्यले काठमाडौँ उपत्यका लगायत धनगडी, महेन्द्रनगर, नेपालगञ्ज, बाग्लुंग, बुटवल, भैरहवा, जनकपुर, झापा, बिराटनगर, लहान र पोखरा गरी विभिन्न २८ सहरहरुमा ग्लोकल समूह लगाएत गत वर्षका टिन हिरो २० अन्डर २० सदस्यहरु जाने भएको छ ।
ग्लोकल प्रालिकी पीआर म्यानेजर र वाईवाई ग्लोकल टिन हिरोकी संयोजक काजोल झाले विभिन्न प्रसिद्ध र प्रतिष्ठित संस्थाहरुसँग सम्बन्धित भइ यस कार्यक्रमको बारेमा घोषणा गर्न पाउँदा हर्ष ब्यक्त गरेकी छिन् । उनका अनुसार पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तर्वार्ता र दस्तावेज समीक्षाको आधारमा ग्लोकल २० अन्डर २०को घोषणा गरिनेछ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उकृष्ठ ६ को छनोट हुनेछ भने अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दूरदर्शनको मापनको लागि अन्तर्वार्ता हुनेछ र २०१८को बिजेता घोषणा गरिनेछ ।
वाईवाई ग्लोकल टिन हिरोका सहभागीहरुको निर्णायको लागि ५ जुरी सदस्यको समूह हुनेछ । जसमा कोकाकोला नेपालका कन्ट्री डिरेक्टर अम्बुज सिंह, यूएनडीपीका निर्देशक रेनौड मेएर, वैद्यज अर्गनाइजेसनका अध्यक्ष सुरज वैद्य, सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक उपल मजुमदार, स्याकार ट्रेडिङकी मुख्य ब्राडिंग अधिकारी सिर्जना ज्योति र प्रिज्माका मुख्य कार्यकारी अधिकारी रंजित आचार्य रहने आयोजकले जनाएका छन् । ग्लोकल टिन हिरो २०१८ को पुरस्कार समारोह सेप्टेम्बर १, २०१८ हुनेछ ।