अमेरिकी ट्रेजरीमा भारतको स्वामित्व १४५ अर्ब डलर

सेप्टेम्बरको अन्त्यसम्ममा भारतले लिएको अमेरिकी सरकारी सेक्युरिटीको स्वामित्व १४५.१ अर्ब डलर पुगेको आधिकारिक तथ्यांकले देखाएको छ । यो स्वामित्वसहित अमेरिकी ट्रेजरीमा सर्वाधिक स्वामित्व लिनेमा भारत ११ औं ठूलो मुलुक भएको छ । अगस्टको तुलनामा सेप्टेम्बरमा भारतले लिएको स्वामित्व ६ अर्ब डलरले वृद्धि भएको छ । अगस्टमा भारतले लिएको अमेरिकी ट्रेजरीको स्वामित्व १३९ अर्ब डलर थियो ।
अमेरिकी सरकारी तथ्यांकले भारतको स्वामित्व सेप्टेम्बरमा १४५.१ अर्ब डलर पुगेको देखाएको छ । यो यस वर्षकै उच्च पनि हो । ट्रेजरी विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतले लिएको स्वामित्व फेब्रुअरीदेखि लगातार वृद्धि भइरहेको छ । फेब्रुअरीमा यो ११२.३ अर्ब डलर थियो । जनवरीदेखि हालसम्मको अवधिमा भारतको स्वामित्वमा ३१.४ अर्ब डलरले वृद्धि भइसकेको छ । उक्त समयमा भारतको स्वामित्व ११३.७ अर्ब डलर थियो ।